कुवेतमा रहेका नेपाली नागरिकहरूलाई नेपाल फर्किन चाहेमा साउदी अरेवियाको विमानस्थल हुँदै फर्किन नेपाली राजदूतावास कुवेतले आग्रह गरेको छ ।
हालको मध्यपूर्वमा विकसित परिस्थितिलाई ध्यानमा राख्दै, कुवेतको वैध Resident Permit (Kuwaiti Civil ID) भएका नेपालीहरूले अनलाइनमार्फत साउदी भिसाको लागि आवेदन दिन सकिने छ । भिसा प्राप्त गरेपछि सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थलबाट नेपाल फर्किन सकिने छ ।
कुवेतमा रहेका नेपाली समुदायका लागि घर फर्किनुनै पर्ने भएमा साउदी अरेबियाको विमानस्थल हुँदै जान नेपाली दूतावासले कुवेतले आग्रह गरेको हो । यो अवसरले नेपाल जान चाहने नागरिकहरूलाई ठूलो राहत मिल्ने छ ।
इच्छुक व्यक्तिहरूले आफ्नो व्यक्तिगत विवरण, वैध Resident Permit र अन्य आवश्यक कागजातहरू अनलाइन प्रणालीमा भरेर भिसाको लागि आवेदन दिन सकिने छ ।
यद्यपि मध्यपूर्वको हालको परिस्थितिले गर्दा यात्रा गर्दा विशेष सतर्कता अपनाउन जरुरी छ । कुवेतमा रहेका नेपाली नागरिकहरूलाई साउदी अरेवियामा प्रवेश गर्दा आवश्यक पर्ने कागजात र सुरक्षाको बारेमा जानकारी हुन पनि अनुरोध गरिएको छ ।
