Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कुवेतका विदेशमन्त्रीलाई नेपालीको सुरक्षाको लागि परराष्ट्रमन्त्रीको टेलीफोन

कुवेतका विदेशमन्त्रीलाई नेपालीको सुरक्षाको लागि परराष्ट्रमन्त्रीको टेलीफोन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र २, २०८२ सोमवार • १७:५३:१६ बजे
  • 1.2K
    SHARES
  • कुवेतका विदेशमन्त्रीलाई नेपालीको सुरक्षाको लागि परराष्ट्रमन्त्रीको टेलीफोन

    कुवेत, १६ मार्च २०२६ – कुवेतका विदेशमन्त्री शेख जर्राह जबेर अल-अहमद अल-सबाहसँग त्यहा कार्यरत नेपालीको सुरक्षाका लागि परराष्ट्रमन्त्री बाला नन्द शर्माले टेलीफोन संवाद गरेका छन । 

    images

    पश्चिम एसिया क्षेत्रको वर्तमान विकसित अवस्थाबारे छलफल गर्न साथै कुवेतमा रहेका नेपाली समुदायको सुरक्षा र क्षेत्रीय स्थिरताको मुद्दालाई प्राथमिकता दिएको छ । परराष्ट्रमन्त्री शर्माले कुवेतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गरेका थिए । कुवेत सरकारले नेपाली समुदाय र अन्य बासिन्दाहरूको सुरक्षा सुनिश्चित गर्न गरेको प्रयासको प्रशंसा गरेका थिए । 

    त्यस्तै कुवेती विदेशमन्त्रीले युद्धले क्षेत्रीय कानून र संयुक्त राष्ट्रसंघीय मानवीय कानूनको उल्लङ्घन गरेको बताएका छन् र नेपाली नागरिकहरूको सुरक्षा गर्ने आफ्नो सरकारको प्रतिबद्धता रहेको बताए ।

    क्षेत्रीय तनाव संवाद मार्फत शान्तिपूर्ण रूपमा समाधान हुने आशा व्यक्त गरेका छन । दुवै पक्षले शान्ति र स्थिरता सुनिश्चित गर्न संयम, संवाद र कूटनीतिक संलग्नताको महत्त्वमा जोड दिए र तनावको चाँडै अन्त्य हुने आशा व्यक्त गरेका छन  ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology