Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

एनआरएनए केन्द्रीय सचिवमा सुजन केसी निर्वाचित

एनआरएनए केन्द्रीय सचिवमा सुजन केसी निर्वाचित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ३, २०८२ मंगलवार • १८:००:२६ बजे
  • 1.1K
    SHARES
  • एनआरएनए केन्द्रीय सचिवमा सुजन केसी निर्वाचित

    कुवेत- गैर आवासीय नेपाली संघको १२औं महाधिवेशनमा सुजन केसी सचिव पदमा निर्वाचित भएका छन । हालै काठमान्डुस्थित सोल्टी होटलमा सम्पन्न एनआरएनएको १२ औं महाधिवेशनमा कुवेतबाट सुजन केसी निर्विरोध निर्वाचित भएका हुन ।

    images

    कुवेतमा रहेका नेपाली समुदायले एक ऐतिहासिक उपलब्धिका रूपमा लिएका छन् । सुरुमा मध्यपूर्व संयोजक पदका लागि बलियो उम्मेदवारी दिएका केसी, संघभित्रको सहमति र एकताको भावनालाई आत्मसात गर्दै अन्ततः केन्द्रीय सचिव पदको जिम्मेवारी सम्हाल्न पुगेका हुन । लामो समयदेखि प्रवासमा रहेर नेपाली संघ-संस्था र व्यावसायिक क्षेत्रमा सक्रिय केसी कुवेतको नेपाली समुदायमा एक परिचित र स्थापित नाम हुनुहुन्छ।
    सुजन केसीको सामाजिक र व्यावसायिक यात्रा निकै लामो र प्रभावशाली रहेको छ। 

    एनआरएनए कुवेतको संस्थापक सचिव तथा पूर्व अध्यक्ष हुनुका साथै नेपाल पत्रकार महासंघ कुवेत शाखाको संस्थापक अध्यक्ष समेत भएका परिचित नाम हुन् । यसअघि एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यका रूपमा समेत सफलतापूर्वक कार्यकाल पूरा गरिसकेका केसीले प्रवासमा रहेका नेपाली श्रमिकहरुको हितमा निरन्तर काम गर्दै आएको सुजनको नेतृत्वमा, कुवेतस्थित नेपाली समाजमा एक नयाँ अध्यायको सुरुवात भएको छ । कुवेतमा नेपालीहरूको लागि एक प्रेरणादायक व्यक्तित्वका रूपमा चिनिन्छन् । उनले कुवेतमा नेपाली श्रमिकहरूको अधिकार र हितका लागि लामो समयदेखी काम गर्दै आएका छन ।  

    उनको यो नयाँ जिम्मेवारीले एनआरएनएको केन्द्रीय नेतृत्वमा कुवेत र मध्यपूर्वको प्रतिनिधित्वलाई अझ बलियो बनाउने बिश्वास लिएको छ। केसीको यो विजयसँगै कुवेत लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकहरूले भोग्दै आएका श्रम, अधिकार र रोजगारीका समस्याहरू अब अन्तर्राष्ट्रिय स्तरमा अझ सशक्त रूपमा उठ्ने अपेक्षा गरिएको छ। विशेष गरी वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरूको हकहित, सुरक्षासम्बन्धी मुद्दा र अवसरका क्षेत्रमा उहाँको भूमिका निकै प्रभावकारी रहने विश्वास लिइएको छ।एनआरएनए केन्द्रीय सचिवमा सुजन केसी निर्वाचित

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology