कुवेत, १८ मार्च २०२६ — कुवेतस्थित नेपाली राजदूतावास र स्थानीय नेपाली संघ–संस्थाका प्रतिनिधिहरूले कुवेतमा कार्यरत नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन सहयोगलाई प्रभावकारी बनाउन १५ सदस्यीय ‘र्यापिड रेस्पोन्स टास्कफोर्स’ गठन गरेको छ।
राजदूत घनश्याम लम्सालको उपस्थितिमा सम्पन्न विशेष बैठकले काउन्सिलर सुजनी राना को संयोजकत्वमा उक्त कार्यदल गठन गरिएको हो । बैठकमा उपस्थित प्रतिनिधिहरूले कुवेतमा रहेका नेपाली नागरिकहरूको सुरक्षा र आपतकालीन अवस्थाबारे गम्भीरता पूर्वक छलफल गरेका थिए ।
कार्यदलका सदस्यहरूले तत्काल राहत र उद्धार, प्रशासनिक सहयोग, र सचेतना अभियान जस्ता तीन प्रमुख बुँदामा काम गर्ने निर्णय गरेका छन्।
यस कार्यदले नेपाली नागरिकहरूको समस्याको समाधान गर्न समस्यामा परेका नेपालीलाई खाद्यान्न, औषधि र अन्य आवश्यक सामग्रीको उपलब्धता सुनिश्चित गर्न अग्रसर हुनेछ । कार्यदलको सदस्यहरूमा राजदूतावासका अधिकारीहरू, NRNA का प्रतिनिधिहरू र विभिन्न नेपाली संघ-संस्थाका प्रमुखहरू रहेका छन्। त्यसैगरि अहिलेको विषम परिस्थितिमा नेपाली समुदायलाई स्थानीय कानुनको पालना गर्न र सामाजिक सञ्जालमा संयमता अपनाउन पनि सचेत गराइनेछ।
यससँगै, सबै नेपालीलाई सुरक्षित रहन, सामाजिक सञ्जालको दुरुपयोग नगर्न, विशेषगरी युद्ध वा संवेदनशील सामग्री (फोटो/भिडियो) सार्वजनिक नगर्न र कुवेतको कानुनको पूर्ण पालना गर्न आग्रह गरिएको छ। संकटको अवस्थामा नेपालीहरूसँग प्रत्यक्ष सम्पर्क राख्दै राजदूतावाससँग समन्वय गरी छिटो र प्रभावकारी सहयोग पुर्याउने लक्ष्यसहित कार्यदल सक्रिय रहने विश्वास व्यक्त गरिएको छ।
कार्यदल सदस्यहरू निम्न रहेका छन ।
१ .सुजनी राना -काउन्सिलर ,नियोग उपप्रमुख -संयोजक
२ .चण्डिका पोखरेल -प्रथम सचिव, राजदूतावास -सदस्य
३ .शिव बानिया -द्वितीय सचिव, राजदूतावास -सदस्य-सचिव
४ .जनार्दन गौतम -श्रम सहचारी, राजदूतावास -सदस्य
५. नवीन पराजुली -तृतीय सचिव, राजदूतावास -सदस्य
६.सुजन के.सी. -केन्द्रीय सचिव, NRNA -सदस्य
७. होम नाथ गिरी -सदस्य, NRNA ICC -सदस्य
८.विकास सिंह ठकुरी -अध्यक्ष, NRNA कुवेत -सदस्य
९.मान ब. तामाङ -अध्यक्ष, NRNA कुवेत -सदस्य
१०.राज मल्ल -अध्यक्ष, पत्रकार महासंघ कुवेत -सदस्य
११.ईश्वर भण्डारी -सभापति, रास्वपा (RSP) कुवेत -सदस्य
१२.रूपेन्द्र विक्रम हमाल -अध्यक्ष, प्रवासी नेपाली मञ्च कुवेत -सदस्य
१३.रोशन राई -महामन्त्री, जनसम्पर्क समिति (कांग्रेस) कुवेत -सदस्य
१४..इन्दिरा राई -अध्यक्ष, श्रम संस्कृति महाशाखा कुवेत -सदस्य
१५.इन्द्रदेव शर्मा - महासचिव, प्रवासी नेपाली एकता मञ्च कुवेत -सदस्य