कुवेत - कुवेतका समाजसेवी होमनाथ गिरी गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) सदस्यमा निर्वाचित भएका छन्।
काठमाडौंमा सम्पन्न १२ औं एकताको महाधिवेशनमार्फत गिरिले यो जिम्मेवारी पाएका हुन् । एनसीसी कुवेतको सिफारिसमा चयन भएका गिरिले केन्द्रमा शपथ ग्रहण गरेपछि औपचारिक रूपमा आफ्नो जिम्मेवारी सम्हालेका छन्।
गिरि लामो समयदेखि कुवेत नेपाली समाजमा सक्रिय रहँदै आएका छन् र उनलाई सामाजिक क्षेत्रमा एक परिचित व्यक्तित्वका रूपमा चिनिदै आएका छन ।
प्रवासी नेपालीहरूको हकहितमा उनले निरन्तर योगदान गर्दै आएका गिरिको निर्वाचनसँगै कुवेतमा रहेका नेपालीहरूको आवाज आगामी दिनमा एनआरएनएको अन्तर्राष्ट्रिय मञ्चमा अझ प्रभावकारी रूपमा उठ्ने अपेक्षा गरिएको छ।