Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा एक नेपाली पक्राउ

कुवेतमा एक नेपाली पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

चैत्र ६, २०८२ शुक्रवार • १०:४४:१३ बजे
  • 1.1K
    SHARES
  • कुवेतमा एक नेपाली पक्राउ

    कुवेत -  कुवेतमा एक नेपाली पक्राउ परेका छन । युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा उनी पक्राउ परेका हुन । 

    images

    परराष्ट्र मन्त्रालयका अनुसार युएईमा तीन, साउदी अरबमा तीन र कुवेतमा एक नेपाली पक्राउ परेका छन । 

    अमेरिका-इरान द्वन्द्वका बीच खाडी मुलुकमा सामाजिक सञ्जालमा अफवाह फैलाएको आरोपमा सम्बन्धित मुलुकले उनीहरूलाई पक्राउ गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    पक्राउ परेका नेपालीहरूले युद्धसम्बन्धी तस्बिर र भिडियो सामाजिक सञ्जालमा हालेर अफवाह फैलाइएको आरोप लगाइएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले बताए ।

     

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology