कुवेत, १२ अप्रिल २०२६ – कुवेतस्थित नेपाली राजदूतावासले आगामी वर्षको लागि सार्वजनिक विदाको तालिका सार्वजनिक गरेको छ । यस वर्षको तालिका अनुसार, बि.स. २०८३ मा १८ दिन सार्वजनिक विदा रहनेछ । कुवेत र नेपालको चाड पर्व र सार्वजनिक विदाका दिनहरू साथै शुक्रबार र शनिबार पनि दूतावास बन्द रहनेछ ।
नेपाली राजदूतावासका अनुसार कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने र कन्सुलर सेवाहरू बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म मात्र उपलब्ध हुनेछ । यसरी दूतावासले सार्वजनिक विदाका बारेमा अग्रिम जानकारी उपलब्ध गराइँदा, नेपाली श्रमिक विदाका दिनमा दूतावास पुगेर आफ्नो समय र गाडी भाडा खेर फाल्नबाट बच्न सक्ने छन ।
त्यस्तै अरफात डे, इद अल अधा र इद अल फित्रको मिति चन्द्रमाको चक्रअनुसार फरक हुनसक्ने जनाएको छ।
राजदूतावासले जारी गरेको सूचनामा यस वर्षको सार्वजनिक विदा र पर्वहरूको सूची निम्नलिखित छ:
१ नयाँ वर्ष २०८३ - १४ अप्रिल २०२६
२ अराफात डे (अराफात डे) - २६ मे २०२६
३ इद अल अधा (ईद अल-अधा) - २७ मे २०२६
४ इस्लामी नयाँ वर्ष (Islamic New Year) - १६ जुन २०२६
५ प्रोफेट मोहम्मदको जन्मदित्त (Prophet Mohammad's Birthday) - २७ अगष्ट २०२६
६ घटस्थापना - ११ अक्टोबर २०२६
७ दशै बिदा (नवमी) - २० अक्टोबर २०२६
८ दशै बिदा (दशमी) - २१ अक्टोबर २०२६
९ लक्ष्मी पूजा - ८ नोभेम्बर २०२६
१० भाईटिका - ११ नोभेम्बर २०२६
११ छठ पर्व - १५ नोभेम्बर २०२६
१२ उधौली पर्व/धान्य पूर्णिमा - २४ डिसेम्बर २०२६
१३ ईस्रा र मिराज - ५ जनवरी २०२७
१४ कुवेतको राष्ट्रिय दिवस (National Day of Kuwait) - २५ फेब्रुअरी २०२७
१५ अन्तराष्ट्रिय महिला दिवस - ८ मार्च २०२७
१६ (ईद अल फित्र) इव अल फित्र - १० मार्च २०२७
१७ (ईद अल फित्र) इद अल फित्र - ११ मार्च २०२७
१८ फागुपूर्णिमा - २१ मार्च २०२७
