Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्पले डसेका बालकलाई १२ घण्टा नदीमा डुबाइयो…

सर्पले डसेका बालकलाई १२ घण्टा नदीमा डुबाइयो…

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ९, २०८३ बुधवार • ०७:०९:१२ बजे
  • 355
    SHARES
  • सर्पले डसेका बालकलाई १२ घण्टा नदीमा डुबाइयो…

    भारतमा अन्धविश्वासका कारण एक १३ वर्षीय बालकको ज्यान गएको छ । यो घटनाले देशभर तरंग उत्पन्न गरेको छ । सर्पदंशपछि उपचारका लागि अस्पताल लैजानुको सट्टा झाँक्रीको सल्लाहले नदीमा डुबाउँदा ती बालकको ज्यान गएको हो।

    images

    उत्तर प्रदेशको पितामपुर गाउँमा कक्षा ४ मा अध्ययनरत अमित नामका बालकलाई गत बिहीबार विषालु सर्पले डसेको थियो । आफूलाई सर्पले डसेको जानकारी उनले तुरुन्तै आफ्नो परिवारलाई दिए । तर परिवारले उनलाई अस्पताल लैजानुको सट्टा स्थानीय झाँक्रीकोमा लग्यो ।


    सोही झाँक्रीले दिएको सल्लाहअनुसार परिवारले ती बालकलाई बाँसमा बाँध्यो र गंगा नदीको पानीमा करिब १२ घण्टासम्म डुबाएर राख्यो। गंगाको पवित्र पानीले बालकको जिउमा रहेको सर्पको विष निकालेर उनलाई निको पार्छ भन्ने गलत सल्लाह झाँक्रीले दिएका थिए ।

    तर त्यसरी निको हुनेवाला कहाँ थियो र । नदीमा लगातार डुबाउँदा अमित बेहोस् भए । अनि १२ घण्टापछि पछि मात्र परिवारले उनलाई अस्पताल पुर्‍याउने निर्णय गर्‍यो । त्यतिबेलासम्म निकै ढिला भइसकेको थियो र चिकित्सकहरूले उनलाई बचाउन सकेनन् ।


    ती बालकको ज्यान जोगाउन सकिने भए पनि अन्धविश्वासका कारण मृत्यु भएपछि सामाजिक सञ्जालमा तीव्र आलोचना भइरहेको छ । धेरैले अभिभावकमाथि लापरवाहीको कारबाही हुनुपर्ने माग गरेका छन् ।

    अझ दुखद् त के भने सो घटनापछि पनि परिवारको अन्धविश्वास टुटेन । छोराको शव गंगामा फालेमा चमत्कार हुने र पुनः जीवित भएर फर्किने आशा उनीहरूले गरेका थिए।

    यो घटनामा हालसम्म प्रहरीले मृतक बालकका परिवारमाथि कारवाही प्रक्रिया अघि बढाए/नबढाएको विषयमा जानकारी सार्वजनिक भएको छैन। एजेन्सी

  • सम्बन्धित विषय:

  • # १२ घण्टा नदीमा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology