Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा 'श्रम तथा वित्तीय सचेतना' कार्यक्रम सम्पन्न, हुण्डी कारोबार रोक्न र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन राजदूतको आग्रह

कुवेतमा 'श्रम तथा वित्तीय सचेतना' कार्यक्रम सम्पन्न, हुण्डी कारोबार रोक्न र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन राजदूतको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०८३ आइतवार • १३:००:३७ बजे
  • 565
    SHARES
  • कुवेतमा 'श्रम तथा वित्तीय सचेतना' कार्यक्रम सम्पन्न, हुण्डी कारोबार रोक्न र औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन राजदूतको आग्रह

    कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई वित्तीय साक्षरता, सुरक्षित विप्रेषण र श्रम सम्बन्धी कानूनी प्रावधानहरूबारे जानकारी गराउने उद्देश्यले नेपाली राजदूतावास, कुवेतले एक विशेष सचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।

    images

    राजदूतावासको सभाहलमा २०२६ मे २ तारिखका दिन "श्रम तथा वित्तीय सचेतना" विषयक उक्त कार्यक्रम सम्पन्न भएको हो । वैदेशिक रोजगारीका क्रममा नेपाली श्रमिकहरूले भोग्नुपर्ने आर्थिक जोखिमहरूलाई न्यूनीकरण गर्दै उनीहरूको कमाइलाई सुरक्षित रूपमा नेपाल पठाउने र कानुनी प्रक्रियाबारे जानकारी दिने हेतुले आयोजित उक्त कार्यक्रममा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

    IMG-20260503-WA0002.jpg

    कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै कुवेतमा नेपाली श्रमिकको रोजगारीलाई थप व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन राजदूतावासले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले सुरक्षित वित्तीय व्यवस्थापन र विप्रेषणका विविध पक्षमा जानकारी दिँदै श्रमिकहरूले आफ्नो कमाइको सही सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

    राजदूत लम्सालले भन्नुभयो, "हाम्रो प्राथमिकता नेपाली श्रमिकहरूको हकहितको संरक्षण गर्नु हो। विदेशमा आर्जन गरेको धनलाई सही र कानुनी माध्यमबाट नेपाल पठाउँदा मात्र श्रमिक र उनीहरूको परिवार सुरक्षित रहन्छन्।"

    कार्यक्रमका क्रममा राजदूत लम्सालले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणका लागि सबैको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले अनौपचारिक माध्यम (हुण्डी) बाट रेमिट्यान्स पठाउनु गैरकानुनी मात्र नभई यसले व्यक्तिको सुरक्षामा समेत गम्भीर खतरा निम्त्याउने बताउनुभयो ।

    "विदेशमा रही अनौपचारिक रूपमा विप्रेषणको कारोबार (हुण्डी) गरेको वा सङ्कलित रकम नेपाल नपठाउने गरेको जानकारी भएमा तुरुन्त राजदूतावासलाई सूचना प्रदान गर्नुहोस्," राजदूत लम्सालले आग्रह गर्नुभयो । उहाँले कुवेतमा सक्रिय नेपाली संघ-संस्थाहरूलाई यस्ता अवैध कार्यहरू पूर्ण रूपमा बन्द गराउनका लागि राजदूतावाससँग सहकार्य गर्न र सचेतना फैलाउन विशेष अनुरोध समेत गर्नुभयो ।

    कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारी र वित्तीय कारोबारसँग सम्बन्धित विभिन्न जिज्ञासा, राय र सुझावहरू प्रस्तुत गरेका थिए । विशेषगरी रेमिट्यान्स पठाउँदा लाग्ने शुल्क, विनिमय दर र नेपालमा बैंक खाता खोल्ने प्रक्रियाबारे सहभागीहरूले चासो राखेका थिए।

    उक्त कार्यक्रममा गैर आवासीय नेपाली संघ (NRNA) कुवेतका प्रतिनिधिहरू, नेपाल पत्रकार महासंघ कुवेत शाखाका प्रतिनिधि, विभिन्न नेपाली संघ-संस्थाका प्रतिनिधिहरू, स्थानीय पत्रकारहरू तथा राजनीतिक दलका भातृ संगठनका प्रतिनिधिहरू साथै, नेपालमा विप्रेषणमार्फत रकम पठाउने बैंक, वित्तीय संस्था तथा मनी ट्रान्सफर एजेन्सीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology