Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेत सरकारले श्रमिकको सुरक्षाका लागि गर्मी महिनाभर दिउँसो काम गर्न रोक

कुवेत सरकारले श्रमिकको सुरक्षाका लागि गर्मी महिनाभर दिउँसो काम गर्न रोक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ६, २०८३ बुधवार • १०:३२:१५ बजे
  • 1.5K
    SHARES
  • कुवेत सरकारले श्रमिकको सुरक्षाका लागि गर्मी महिनाभर दिउँसो काम गर्न रोक

    कुवेतको जनशक्ति व्यवस्थापन प्राधिकरणले अत्यधिक गर्मी र प्रतिकूल मौसमबाट मजदुरहरूको सुरक्षाका लागि जुन १ देखि अगस्ट ३१ सम्म दिउँसोको समयमा खुला क्षेत्रमा काम गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

    images

    कुवेतमा प्रत्येक वर्षको जुन महिनाको सुरुवातदेखि अगस्ट महिनाको अन्त्यसम्म यो नियम लागू हुँदै आएको छ । कुवेतमा तीव्र गर्मी र बढ्दो तापक्रमका कारण मजदुरहरूको स्वास्थ्यमा पर्न सक्ने जोखिम न्यूनीकरण गर्नु र व्यावसायिक सुरक्षा मापदण्डलाई सुदृढ बनाउन यो कदल चालिएको हो । 

    बुधबार बिहान PAM द्वारा जारी विज्ञप्ति अनुसार, यो आदेशले जुन १ देखि अगस्ट ३१ सम्म बिहान ११:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म खुला क्षेत्रमा काम गर्न निषेध गरेको छ। "यो आदेश श्रम बजारलाई नियमन गर्ने र श्रमिकहरूको सुरक्षा सुनिश्चित गर्ने सान्दर्भिक कानूनहरूमा आधारित छ," PAM का महानिर्देशक इन्जिनियर रबाब अल-असेमीले उल्लेख गरेका छन। 
     
    "यसले रोजगारदाताहरूलाई आफ्ना कर्मचारीहरूलाई चिसो पानी, प्राथमिक उपचार सामग्री, र उपयुक्त विश्रामको व्यवस्था गर्न बाध्य पार्छ ताकि राम्रो काम गर्ने वातावरण सुनिश्चित हुन सकोस्," उनले स्पष्ट पारे । 

    उक्त नियम उल्लंघन गर्ने कम्पनी वा रोजगारदाताहरूलाई कुवेतको श्रम कानुन अनुसार कानुनी कारबाही र जरिवाना गरिने चेतावनी दिइएको छ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology