Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा मृगौला पीडित अञ्जु माया स्याङ्तानको उपचारका लागि आर्थिक सहयोग

कुवेतमा मृगौला पीडित अञ्जु माया स्याङ्तानको उपचारका लागि आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३१, २०८३ आइतवार • १६:१५:५० बजे
  • 1.4K
    SHARES
  • कुवेतमा मृगौला पीडित अञ्जु माया स्याङ्तानको उपचारका लागि आर्थिक सहयोग

    कुवेत - वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेकी अञ्जु माया स्याङ्तानको उपचारका लागि यहाँस्थित नेपाली समुदायले आर्थिक सहयोग जुटाएको छ । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना भएकी स्याङ्तानको कमजोर आर्थिक अवस्थालाई ध्यानमा राख्दै नेवा: गुठी कुवेत र नेपाल आदिवासी जनजाति महासंघ कुवेतको सक्रियतामा सहयोग संकलन गरिएको हो ।

    images

    राहदानी नं. PA1496153 भएकी स्याङ्तानलाई केही समयअघि स्वास्थ्य परीक्षणका क्रममा मृगौलामा समस्या देखिएको थियो । हाल उनको कुवेतस्थित अल सबाह अस्पतालमा उपचार भइरहेको छ। उनको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले नेवा: गुठी कुवेतकी प्रतिनिधि लक्ष्मी श्रेष्ठको विशेष पहलमा संकलन गरिएको ४५० कुवेती दिनार (करिब २ लाख २१ हजार ८ सय नेपाली रुपैयाँ) हालै बिरामीका सहकर्मीमार्फत हस्तान्तरण गरिएको छ ।

    Messenger_creation_7D112114-9073-4AC8-A925-BA4E7EF07699.jpeg

    सहयोग हस्तान्तरणका क्रममा १३ जुन २०२६ मा नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष बलबहादुर काम्बाङ र नेवा: गुठी कुवेतका अध्यक्ष नवीन श्रेष्ठ लगायतका प्रतिनिधिहरूले अस्पताल पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे स्थलगत जानकारी लिएका थिए । नेवा: गुठीका उपाध्यक्ष ध्रुव श्रेष्ठले बिरामीको वर्तमान स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी गराउँदै संकलित रकमले तत्कालको उपचार खर्चमा राहत मिल्ने बताउनुभयो।

    सामाजिक कार्यमा सक्रिय लक्ष्मी श्रेष्ठका अनुसार अञ्जु मायाको थप उपचारका लागि अझै आर्थिक स्रोतको आवश्यकता रहेको छ । सहयोग गर्न इच्छुक महानुभावहरूले बिरामीको मोबाइल नम्बर (+965 67751667) वा लक्ष्मी श्रेष्ठको नम्बर (+965 99498713) मा सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ।

    उपचारका लागि सहयोग प्राप्त भएपछि अञ्जु माया र उनको परिवारले सहयोगी संघ-संस्था तथा व्यक्तिहरूप्रति हार्दिक आभार व्यक्त गरेका छन्। नेवा: गुठी र जनजाति महासंघले आगामी दिनमा पनि समस्यामा परेका नेपालीहरूको हितमा मानवीय सेवाका कार्यहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology