Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कुवेतका उत्कृष्ट १० रक्तदाता संस्थाको सूचीमा तमु समाज कुवेत, पूर्व अध्यक्ष खोप गुरुङ सम्मानित

कुवेतका उत्कृष्ट १० रक्तदाता संस्थाको सूचीमा तमु समाज कुवेत, पूर्व अध्यक्ष खोप गुरुङ सम्मानित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २, २०८३ मंगलवार • ०८:२१:११ बजे
  • 1.3K
    SHARES
  • कुवेतका उत्कृष्ट १० रक्तदाता संस्थाको सूचीमा तमु समाज कुवेत, पूर्व अध्यक्ष खोप गुरुङ सम्मानित

    कुवेत सिटी - कुवेतको नेपाली समाजमा क्रियाशील सामाजिक संस्था तमु समाज कुवेत यहाँका उत्कृष्ट १० रक्तदाता संगठनहरूको सूचीमा पर्न सफल भएको छ। विश्व रक्तदाता दिवसको अवसरमा कुवेतको स्वास्थ्य मन्त्रालयद्वारा आयोजित एक विशेष समारोहका बीच समाजलाई यो प्रतिष्ठित सम्मान प्रदान गरिएको हो ।

    images

    विगत १४ वर्षदेखि कुवेतमा निरन्तर रक्तदान अभियान सञ्चालन गर्दै आएको तमु समाजलाई स्वैच्छिक रक्तदान प्रवर्द्धनमा पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै मन्त्रालयले उत्कृष्ट घोषणा गरेको हो । स्वास्थ्य मन्त्रालयले हरेक वर्ष मानवीय सेवा र जीवनरक्षक कार्यमा संलग्न अग्रणी दाता संस्थाहरू र व्यक्तिहरूलाई कदर गर्ने क्रममा यस पटक नेपाली समुदायबाट उक्त  संस्थालाई चयन गरेको हो।

    सोही समारोहमा तमु समाज कुवेतका पूर्व अध्यक्ष खोप गुरुङलाई पनि विशेष सम्मान प्रदान गरिएको छ। उनलाई मानवीय सेवा र सामुदायिक हितका कार्यमा पुर्‍याएको अमूल्य योगदानको उच्च मूल्याङ्कन गर्दै मन्त्रालयले सम्मानित गरेको हो।

    विगत लामो समयदेखि सामाजिक उत्तरदायित्व र परोपकारी कार्यमा समर्पित रहँदै आएको छ । प्रवासमा रहेर पनि जीवनरक्षक कार्य र सामुदायिक सेवामा नेपाली समुदायको निरन्तर प्रतिबद्धता र सकारात्मक प्रभावलाई थप उजागर गरेको छ।

    कुवेतमा रहेका नेपालीहरूले उक्त ऐतिहासिक उपलब्धिलाई सम्पूर्ण नेपाली समुदायकै गौरवको विषय भन्दै खुसी व्यक्त गरेका छन्। यस सम्मानले आगामी दिनमा थप सामाजिक र मानवीय कार्यहरू गर्न संस्था र समुदायलाई प्रेरणा मिल्ने विश्वास लिइएको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology