Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गण्डकी प्रदेशका ४ सडक अवरुद्ध

गण्डकी प्रदेशका ४ सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३०, २०८३ मंगलवार • ०५:१८:२९ बजे
  • 163
    SHARES
  • गण्डकी प्रदेशका ४ सडक अवरुद्ध

     लगातारको वर्षासँगै आएको पहिरोका कारण गण्डकी प्रदेशका ४ सडक अवरुद्ध भएका छन् । केही सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने एउटा सडकमा एकतर्फी मात्र सवारी सञ्चालन भइरहेको छ । 

    images

    नवलपुरको गैँडाकोट नगरपालिका ३ को बिसपानी नजिक कालिगण्डकी करिडोर सडक खण्डमा पहिरो र ढुंगामाटो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।


    स्याङ्जाको पुतलीबजार नगरपालिका १४ सम्सेबोला क्षेत्रमा रुखसहितको पहिरो खसेको छ । केही समय अवरुद्ध सिद्धार्थ राजमार्ग एकतर्फी सञ्चालनमा आएको छ।


    म्याग्दीको बेनी नगरपालिका–४ घुमाउनेभीरस्थित बेनी दरबाङ सडक खण्डमा माटोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । यस्तै, अन्नपूर्ण गाउँपालिका २ नैनीभीर क्षेत्रमा पहिरो खस्दा बेनी जोमसोम सडक पनि पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ ।


    वर्षायाममा बाढी, पहिरो तथा डुबानको जोखिम रहेका ठाउँमा अत्यावश्यक कामबाहेक यात्रा नगर्न प्रहरीले आग्रह गरेको छ ।

  • सम्बन्धित विषय:

  • # ४ सडक अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology