Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा भिजिट भिसालाई रेसिडेन्सीमा बदल्न १५० दिनार शुल्क लाग्ने, घरेलु कामदारलाई छुट

कुवेतमा भिजिट भिसालाई रेसिडेन्सीमा बदल्न १५० दिनार शुल्क लाग्ने, घरेलु कामदारलाई छुट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १७, २०८३ आइतवार • ०५:४८:२० बजे
  • 5.4K
    SHARES
  • कुवेतमा भिजिट भिसालाई रेसिडेन्सीमा बदल्न १५० दिनार शुल्क लाग्ने, घरेलु कामदारलाई छुट

    कुवेत सरकारले भिजिट (भ्रमण) भिसामा आएका विदेशी नागरिकहरूका लागि नयाँ नियम लागू गरेको छ। गृह मन्त्रालयले विदेशी आवासीय कानूनको कार्यकारी नियमावलीमा संशोधन गर्दै अब भिजिट भिसालाई साधारण आवासीय अनुमति पत्र (रेसिडेन्सी पर्मिट) मा रूपान्तरण गर्दा १५० कुवेती दिनार (KD १५०) शुल्क लाग्ने निर्णय गरेको हो।

    images

    गृह मन्त्रालयको निर्णय नम्बर १०९१/२०२६ अनुसार यो नयाँ व्यवस्था कुवेतको आधिकारिक सरकारी राजपत्र 'कुवेत अलयाउम' मा प्रकाशित भइसकेको छ। राजपत्रमा प्रकाशित भएसँगै यो नियम तत्कालै लागू भएको मन्त्रालयले जनाएको छ।

    घरेलु श्रमिकलाई राहत
    नयाँ नियम अनुसार यो अतिरिक्त शुल्क घरेलु कामदार (डोमेस्टिक वर्कर) को हकमा भने लागू हुने छैन। नियमावलीको धारा २० बमोजिम घरेलु श्रमिक र सोही श्रेणीमा पर्ने अन्य व्यक्तिहरूलाई यो शुल्कबाट पूर्ण रूपमा छुट दिइएको छ।

    यसअघि भिजिट भिसा सम्बन्धी विभिन्न प्रावधानहरू परिमार्जन गर्दै आएको कुवेतले पछिल्लो समय विदेशीहरूको बसाइ र भिसा प्रक्रियालाई थप व्यवस्थित बनाउन यो कदम चालेको हो। सम्बन्धित सबै सरकारी निकायहरूलाई यो नियम तत्काल कार्यन्वयन गर्न निर्देशन दिइएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology