Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा निरेमको हरितालिका तीज उत्सव: नेपाली दिदीबहिनीहरूलाई उपस्थितिका लागि भव्य निम्तो

कुवेतमा निरेमको हरितालिका तीज उत्सव: नेपाली दिदीबहिनीहरूलाई उपस्थितिका लागि भव्य निम्तो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०८३ बिहिवार • १५:१८:२३ बजे
  • 1000
    SHARES
  • कुवेतमा निरेमको हरितालिका तीज उत्सव: नेपाली दिदीबहिनीहरूलाई उपस्थितिका लागि भव्य निम्तो

    कुवेत - मध्यपूर्वी देश कुवेतमा रहेका नेपाली महिलाहरूलाई स्वस्थ मनोरञ्जन प्रदान गर्दै नेपाली चाडपर्वलाई प्रवासमा पनि मौलिक रूपमा मनाउने उद्देश्यले निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपले तीज विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

    images

    आगामी ११ सेप्टेम्बर २०२६, शुक्रबार साँझ ५ बजेदेखि कुवेतको खैतानस्थित राजधानी पार्टी प्यालेसको हलमा कार्यक्रम आयोजना हुने भएको हो। नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजलाई नेपाली कला, संस्कृति, परम्परा र आपसी सद्भावका साथ मनाउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

    कार्यक्रममा नेपाली खानाका परिकारसँगै गीत–संगीत, नृत्य तथा विभिन्न मनोरञ्जनात्मक र सांस्कृतिक प्रस्तुतिहरू रहनेछन्।

    अल्मुला एक्सचेन्जको मुख्य प्रायोजनमा आयोजना हुन लागेको तीज विशेष कार्यक्रममा कुवेतमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनीहरूलाई सहभागी भई तीजको खुसी साटासाट गर्न आयोजक निरेम इभेन्ट म्यानेजमेन्ट ग्रुपका संयोजक सुरेन्द्र लिम्बूले हार्दिक निमन्त्रणा गरेका छन्। साथै, कार्यक्रमलाई व्यवस्थित बनाउन इच्छुक सहभागीहरूले समयमै नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ।

    कुवेतमा सञ्चारकर्मसँगै सांगीतिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना र व्यवस्थापनमा निरेम ग्रुप सक्रिय रहँदै आएको छ।

  • सम्बन्धित विषय:

  • # मनाेरञ्जन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology