Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बाढीपीडितको उद्धारमा झापाली समाज कुवेतको साथ, प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग

बाढीपीडितको उद्धारमा झापाली समाज कुवेतको साथ, प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८३ शुक्रवार • ०६:०५:०७ बजे
  • 808
    SHARES
  • बाढीपीडितको उद्धारमा झापाली समाज कुवेतको साथ, प्रधानमन्त्री राहत कोषमा ५० हजार सहयोग

    कुवेत - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनलगायतका क्षेत्रमा प्रभावित नागरिकको खोजी तथा उद्धारका लागि झापाली समाज कुवेतले प्रधानमन्त्री राहत कोषमा ५० हजार रुपैयाँ सहयोग गरेको छ।

    images

    भदौ १० गते आएको बाढीबाट ठूलो जनधनको क्षति हुनुका साथै धेरै नागरिक प्रभावित भएको अवस्थाप्रति दुःख व्यक्त गर्दै समाजले मानवीय सहयोगस्वरूप उक्त रकम राहत कोषमा जम्मा गरेको जनाएको छ।

    विपद्को यस कठिन समयमा बाढी प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धार, राहत र पुनःस्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको समाजले जनाएको छ।

    झापाली समाज कुवेतले बाढीबाट प्रभावित नागरिकको तत्काल खोजी तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई आग्रह गर्दै विपत्तिमा परेका परिवारप्रति ऐक्यबद्धता व्यक्त गरेको छ।

    बाढीमा परी ज्यान गुमाउनेहरूप्रति समाजले भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology