Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

बाढीपीडितको राहतका लागि निरेम समूहद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ६० हजार सहयोगको घोषणा

बाढीपीडितको राहतका लागि निरेम समूहद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ६० हजार सहयोगको घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १२, २०८३ शुक्रवार • ०८:२१:३१ बजे
  • 1.3K
    SHARES
  • बाढीपीडितको राहतका लागि निरेम समूहद्वारा प्रधानमन्त्री राहत कोषमा रु. १ लाख ६० हजार सहयोगको घोषणा

    कुवेत - नेपालमा हालै गएको विनाशकारी बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारका लागि निरेम समूहले प्रधानमन्त्री राहत कोषमा १ लाख ६० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। 

    images

    निरेमले विपत्तिमा परेका नागरिकहरूप्रति ऐक्यबद्धता जनाउँदै संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत समूहले उक्त सहयोग रकम प्रदान गर्न लागेको हो। सञ्चार तथा मनोरञ्जनका विविध गतिविधि सञ्चालन गर्दै आएको निरेम समूहले गत जनवरीमा सम्पन्न 'निरेम सांगीतिक कार्यक्रम-२०२६' बाट प्राप्त मुनाफाको केही हिस्सा अर्थात् ५० हजार रुपैयाँ CSR कोषबाट छुट्याइएको र अन्य सहयोगी दाताहरूबाट प्राप्त रकम थप गरी कुल १ लाख ६० हजार रुपैयाँ प्रधानमन्त्री राहत कोषमार्फत पीडितसम्म पुऱ्याउने निर्णय गरिएको समूहले जनाएको छ।

    निरेम समूहले व्यावसायिक सफलतासँगै समाज र देशप्रतिको दायित्वलाई पनि उत्तिकै प्राथमिकतामा राखेको स्पष्ट पारेको छ। देश संकटमा परेको बेला सहयोगको हात बढाउनु आफूहरूको कर्तव्य भएको भन्दै समूहले भनेको छ, "निरेम केवल सञ्चार तथा मनोरञ्जन गतिविधि सञ्चालन गर्ने मात्र नभएर, समाज र देशप्रतिको जिम्मेवारी बोकेको आफ्नै समूह हो। त्यसैले व्यवसायबाट प्राप्त मुनाफाको केही हिस्सा देशमा विपत्ति परेको समयमा पीडित नागरिकको सहयोगमा लगाउनु हाम्रो सामाजिक दायित्व हो भन्ने विश्वासका साथ यो सहयोग गर्ने निर्णय गरेका हौं।"

    प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका तथा विस्थापित भएका सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै निरेम समूहले यस कठिन परिस्थितिमा पीडितहरूको साथमा रहने प्रतिबद्धता जनाएको छ । यसैबीच, समूहले विपत्तिबाट प्रभावित नागरिकहरूको शीघ्र पुनरोत्थानका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, व्यावसायिक संस्था, सामाजिक संघसंस्था एवं सहयोगी मनहरूलाई आफूले सक्ने सहयोग गर्न हार्दिक अपिल गरेको छ। 

    सानो होस् वा ठूलो, संकटको घडीमा गरिएको जुनसुकै सहयोगले पीडितको जीवनमा ठूलो अर्थ राख्ने भन्दै निरेम समूहले सबैलाई आ-आफ्नो क्षमता र सामर्थ्यअनुसार मानवीय सेवामा हातेमालो गर्न आग्रह गरेको छ।

  • सम्बन्धित विषय:

  • # नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology