Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा रहेका नेपालीका लागि दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविरको घोषणा, भदौ अन्तिमसम्म दर्ता गर्न आह्वान

कुवेतमा रहेका नेपालीका लागि दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविरको घोषणा, भदौ अन्तिमसम्म दर्ता गर्न आह्वान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १६, २०८३ मंगलवार • १८:१४:३८ बजे
  • 1.8K
    SHARES
  • कुवेतमा रहेका नेपालीका लागि दूतावासद्वारा निःशुल्क स्वास्थ्य शिविरको घोषणा, भदौ अन्तिमसम्म दर्ता गर्न आह्वान

    कुवेत सिटी -  कुवेतस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत तथा बसोबास गर्दै आएका नेपाली नागरिकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै एकदिने निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्ने भएको छ। 'मेट्रो मेडिकल ग्रुप' (Metro Medical Group) को विशेष सहयोगमा आयोजना हुन लागेको उक्त शिविर आगामी २०८३ साल असोज २ गते (तदनुसार १८ सेप्टेम्बर २०२६, शुक्रबार) का दिन सञ्चालन हुनेछ ।

    images

    दूतावासद्वारा प्रकाशित आधिकारिक सूचना अनुसार स्वास्थ्य शिविर कुवेतको खेतानस्थित 'मेट्रो मेडिकल केयर' (Metro Medical Care) मा बिहान ७:०० बजेदेखि दिउँसो २:०० बजेसम्म सञ्चालन हुनेछ। शिविरमा सहभागी हुने नेपालीहरूले विभिन्न आधारभूत स्वास्थ्य परीक्षणका साथै विशेषज्ञ चिकित्सकहरूबाट परामर्श प्राप्त गर्न सक्नेछन्।

    उक्त शिविरमा सर्वसाधारणका लागि उपयोगी मानिएका मुख्य मुख्य स्वास्थ्य परीक्षणहरू निःशुल्क रूपमा उपलब्ध गराइनेछ। शिविरमा प्राप्त हुने सेवाहरू निम्न अनुसार छन्:
    • फास्टिङ ब्लड सुगर (खाली पेटमा मधुमेहको परीक्षण)
    • कोलेस्ट्रोल परीक्षण
    • रक्तचाप (ब्लड प्रेसर) परीक्षण
    • डाक्टरको विशेषज्ञ परामर्श (Doctor's Consultation)
    • शिविर सञ्चालन हुने दिन अस्पतालका अन्य सम्पूर्ण सेवाहरूमा २० प्रतिशत छुट


    स्वास्थ्य शिविरलाई व्यवस्थित र प्रभावकारी बनाउनका लागि अग्रिम नाम दर्ता अनिवार्य गरिएको छ। शिविरमा सेवा लिन इच्छुक कुवेतमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले दूतावासद्वारा जारी सूचनामा संलग्न QR Code स्क्यान गरेर आफ्नो नाम र आवश्यक विवरण दर्ता गराउनुपर्नेछ।

    नाम दर्ता गर्ने अन्तिम मिति १५ सेप्टेम्बर २०२६ सम्म तोकिएको छ। अग्रिम रूपमा नाम दर्ता गराएका व्यक्तिहरूले मात्र शिविरमा निःशुल्क सेवा प्राप्त गर्न सक्ने दूतावासले स्पष्ट पारेको छ।

    1788270811351.jpg

    वैदेशिक रोजगारीका क्रममा कुवेतमा रहेका धेरै नेपालीहरू कार्यव्यस्तता र खर्चका कारण नियमित स्वास्थ्य परीक्षणबाट वञ्चित भइरहेको सन्दर्भमा यो शिविर फलदायी हुने अपेक्षा गरिएको छ। नेपाली राजदूतावासले कुवेतमा रहेका सम्पूर्ण नेपाली समुदायलाई तोकिएको समयभित्र नाम दर्ता गरी यस निःशुल्क स्वास्थ्य शिविरबाट अधिकतम लाभ लिन अनुरोध गरेको छ। दूतावासले यसअघि पनि 'मेट्रो मेडिकल ग्रुप' (Metro Medical Group) को विशेष सहयोगमा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो ।

    1788270809246.jpg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology