Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशनको तयारी पूरा, २५ सेप्टेम्बरमा भव्य कार्यक्रम हुने

खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशनको तयारी पूरा, २५ सेप्टेम्बरमा भव्य कार्यक्रम हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र २७, २०८३ शनिवार • ११:२७:५८ बजे
  • 1.0K
    SHARES
  • खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशनको तयारी पूरा, २५ सेप्टेम्बरमा भव्य कार्यक्रम हुने

    कुवेत - खोटाङ-कुवेत सम्पर्क मञ्चको सातौँ अधिवेशनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको आयोजकले बताएको छ । आगामी २५ सेप्टेम्बर २०२६ शुक्रबारका दिन कुवेतको खैतानस्थित राजधानी होटलमा भव्य रूपमा कार्यक्रम सम्पन्न हुनेछ । 

    images

    उक्त कार्यक्रममा गत भदौ १० गते नेपालको भोटेकोशीमा आएको भीषण बाढीमा परी ज्यान गुमाउनुभएका दिवंगत आत्माहरूको चिर शान्तिको कामना गरिनेछ। उहाँहरूको सम्मानमा दीप प्रज्जवलन गरी एक मिनेट मौन धारण गरेपछि मात्र अधिवेशनको औपचारिक कार्यक्रम अगाडि बढाइने आयोजकले जनाएको छ।

    अधिवेशनलाई थप मनोरञ्जनात्मक र भव्य बनाउन कुवेतमा रहेका स्थानीय कलाकारहरूको सहभागितामा विभिन्न सांगीतिक तथा सांस्कृतिक प्रस्तुतिहरू समेत प्रदर्शन गरिनेछ।

    मञ्चले उक्त दिन कुवेतमा क्रियाशील अन्य कुनै पनि नेपाली संघ-संस्थाहरूलाई आफ्नो कार्यक्रम नजुधाइदिन हार्दिक अनुरोध गरेको छ। साथै, कुवेतलाई कर्मथलो बनाएर बसिरहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई अधिवेशनको शोभा बढाइदिन आयोजक खोटाङ-कुवेत सम्पर्क मञ्चले अनुरोध गरेको छ।


    कार्यक्रमको विस्तृत विवरण : 
    मिति: २५ सेप्टेम्बर २०२६, शुक्रबार
    समय: बिहान ११:०० बजेदेखि
    स्थान: राजधानी होटल, खैतान
    आयोजक: खोटाङ-कुवेत सम्पर्क मञ्च

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology