Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा रहेका १५० नेपाली नागरिक निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित, दूतावास र मेट्रो मेडिकलको सहकार्य

कुवेतमा रहेका १५० नेपाली नागरिक निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित, दूतावास र मेट्रो मेडिकलको सहकार्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २, २०८३ शुक्रवार • १८:५४:४३ बजे
  • 1.0K
    SHARES
  • कुवेतमा रहेका १५० नेपाली नागरिक निःशुल्क स्वास्थ्य शिविरबाट लाभान्वित, दूतावास र मेट्रो मेडिकलको सहकार्य

    कुवेत - कुवेतस्थित नेपाली राजदूतावास र मेट्रो मेडिकल ग्रुपको सहकार्यमा एकदिने निःशुल्क स्वास्थ्य शिविर  सम्पन्न भएको छ ।

    images

    खैतानस्थित मेट्रो मेडिकल केयर परिसरमा १८ सेप्टेम्बरका दिन संचालन गरिएको उक्त शिविरबाट कुवेतमा कार्यरत करिब १५० जना नेपालीहरूले प्रत्यक्ष लाभ लिएका छन्। शिविरमा सहभागी नेपाली श्रमिकका लागि ब्लड सुगर, कोलेस्ट्रोल र रक्तचाप (ब्लड प्रेसर) को निःशुल्क परीक्षण गरिएको थियो । साथै, बिरामीहरूका लागि सम्बन्धित चिकित्सकहरूबाट निःशुल्क स्वास्थ्य परामर्शको समेत विशेष व्यवस्था मिलाइएको थियो ।

    1789757305303.jpg

    कुवेतका लागि नेपाली राजदूत महामहिम घनश्याम लम्सालले स्वास्थ्य शिविरको उद्देश्य तथा महत्वमाथि प्रकाश पार्नु भएको थियो । उहाँले दूतावासको आह्वानलाई स्वीकार गरी उत्साहपूर्वक सहभागिता जनाउनुहुने सम्पूर्ण नेपाली समुदायप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । राजदूत लम्सालले स्वस्थ जीवनशैली अवलम्बन गर्दै आफ्नो स्वास्थ्यप्रति सचेत र संवेदनशील रहन उपस्थित सबैलाई आग्रह गर्नुभयो। कुवेतका विभिन्न स्थानमा छरिएर रहेका नेपाली नागरिकहरूलाई समेट्ने गरी आगामी दिनमा यस्ता स्वास्थ्य शिविरहरू अन्य क्षेत्रहरूमा पनि विस्तार गर्दै लैजाने जानकारी उहाँले दिनुभयो।

    राजदूत लम्सालले कार्यक्रमलाई सफलतापूर्वक सम्पन्न गर्न प्राविधिक तथा चिकित्सा सेवा निःशुल्क उपलब्ध गराउने स्थानीय मेट्रो मेडिकल ग्रुप एवम् मेट्रो मेडिकल केयर खैतानका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूप्रति विशेष धन्यवाद ज्ञापन गर्नुभयो। साथै, शिविर व्यवस्थापनमा महत्वपूर्ण सहयोग पुऱ्याउने गैर आवासीय नेपाली संघ (NRNA) कुवेत, रोयल गाउँले रेष्टुरेण्ट लगायत योगदान पुऱ्याउने अन्य सबै संघ-संस्था तथा महानुभावहरूलाई उहाँले धन्यवाद दिनुभयो।

    अनलाइन पोर्टल मार्फत अग्रिम दर्ता (रजिष्ट्रेशन) गराएर सेवा लिने व्यवस्था गरिएको थियो । उक्त अस्पतालका उच्च पदस्थ अधिकारीहरू, राजदूतावासका कर्मचारीहरू र स्थानीय नेपाली सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । दूतावास र मेट्रो मिडिकल ग्रुपको सहकार्यमा यसअघि पनि फाहहिल र साल्मियामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । 

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology