Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाली राजदूतावास कुवेतमा अक्टोबरदेखि संशोधित मागपत्र लागू हुने

नेपाली राजदूतावास कुवेतमा अक्टोबरदेखि संशोधित मागपत्र लागू हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ११, २०८३ आइतवार • १८:१९:२६ बजे
  • 1.1K
    SHARES
  • नेपाली राजदूतावास कुवेतमा अक्टोबरदेखि संशोधित मागपत्र लागू हुने

    कुवेत - नेपाली राजदूतावास कुवेतले विदेशमा कार्यरत तथा रोजगारीका लागि जान चाहने नेपाली श्रमिकहरूको हितलाई ध्यानमा राखी श्रम मागपत्र (Demand Letter) प्रमाणीकरणको ढाँचा संशोधन भएको जनाएको छ । 

    images

    नेपाल सरकार, युवा तथा श्रम रोजगार मन्त्रालय र परराष्ट्र मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार श्रम मागपत्र प्रमाणीकरणको ढाँचा संशोधन गरिएको हो । उक्त जारी संशोधित व्यवस्था आगामी अक्टोबर १, २०२६ देखि लागू हुनेछ।

    नयाँ व्यवस्थाअनुसार गन्तव्य देशका रोजगारदाताले नेपाली श्रमिकका लागि मागपत्र पेश गर्दा नेपाली श्रमिकले गर्नुपर्ने कामको विस्तृत विवरण (Duties and Responsibilities), कार्यस्थल Indoor, Outdoor वा Indoor/Outdoor Both मध्ये कुन प्रकारको हो र सम्बन्धित कामदारले उक्त कार्यस्थलमा कति समय काम गर्ने भन्ने जानकारी अनिवार्य रूपमा स्पष्ट गर्नु पर्नेछ ।


    त्यसैगरी मागपत्र प्रमाणीकरणका लागि अनलाइन प्रणालीमार्फत आवेदन दिँदा संशोधित ढाँचा अनिवार्य रूपमा प्रयोग गरी कागजातहरू पेश गर्नुपर्ने भएको छ । उल्लिखित आवश्यक विवरणहरू पूर्ण रूपमा नभरिएका वा स्पष्ट रूपमा उल्लेख नभएका मागपत्र तथा सम्बन्धित कागजातहरू आवश्यक संशोधन तथा परिमार्जनका लागि पुनः फिर्ता गरिने व्यहोरा पनि स्पष्ट गरिएको छ।

    यो संशोधनले श्रमिकहरूले स्वीकृति लिनुअघि नै आफूले गर्ने कामको प्रकृति, कार्यस्थलको वातावरण र कामको अवधिबारे स्पष्ट जानकारी पाउने वातावरण सिर्जना गर्नेछ। यसले विदेशमा कार्यस्थल र कामको प्रकृतिबारे पूर्व जानकारी नहुँदा उत्पन्न हुने विवाद र श्रमिक हितमा आउने समस्याहरू कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

    माथि उल्लिखित विवरणहरू समावेश गरिएका नमूना कागजातहरू नेपाली राजदूतावास, कुवेतको आधिकारिक वेबसाइटमा उपलब्ध रहेका छन्। सम्बन्धित रोजगारदाता, म्यानपावर कम्पनी तथा अभियोजनकर्ताहरूले निम्न लिङ्कमा गई नमूना ढाँचा अध्ययन गर्न सक्नेछन्:
    लिङ्क: https://eonkuwaitmofaz5dtkl.giwms-admin.gov.np/content/81/demand-letterdownloads/

    त्यस्तै गन्तव्य देशका रोजगारदाता तथा सम्बन्धित सबै पक्षले तोकिएको समयभित्र संशोधित ढाँचा अपनाउनुपर्नेछ। सम्बन्धित सबैले सूचना र नमूना कागजातहरू अध्ययन गरी नियमअनुसार कागजात पेश गर्नुहुन नेपाली राजदूतावास, कुवेतले सूचित गरेको छ ।

  • सम्बन्धित विषय:

  • # समाज
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology