Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन ३०, २०८३ शुक्रवार • १७:५५:४० बजे
  • 298
    SHARES
  • नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतद्वारा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

    कुवेत, १६ अक्टोबर २०२६ - नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले आफ्नो नियमित बैठकसँगै बडा दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

    images

    एशियन चुला रेस्टुरेन्ट परिसरमा आयोजित उक्त कार्यक्रममा कुवेतमा क्रियाशील रही परोपकारी पत्रकारिता गर्दै आएका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकारहरूको उपस्थिति रहेको थियो।

    कार्यक्रममा कुवेतमा रहेका नेपाली पत्रकारहरूको हकहित, उनीहरूको वर्तमान अवस्था, महासंघको भावी कार्यदिशा तथा सामाजिक एवं परोपकारी पत्रकारिताका विविध पक्षहरूबारे गहन छलफल गरिएको छ । प्रवासमा पत्रकारहरूले सामना गर्नुपर्ने चुनौतीहरू र तिनका समाधानका उपायबारे पनि बैठकमा विचार आदानप्रदान भएको बताइएको छ ।


    कार्यक्रममा उपस्थित पत्रकारहरूले एकआपसमा चाडपर्वको शुभकामना व्यक्त गर्दै प्रवासमा रहँदा पनि नेपाली समाज, भाषा र संस्कृतिको प्रवर्द्धनमा पत्रकारिताको माध्यमबाट निरन्तर योगदान पुर्‍याउने प्रतिबद्धता जनाएका छन्।

    कुवेतमा हजारौं नेपाली श्रमिकहरू कार्यरत छन् र त्यहाँका नेपाली पत्रकारहरूले समुदायको सूचना सञ्चार, समस्या सम्बोधन र नेपाल–कुवेत सम्बन्धको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेका छन्।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology