Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

कुवेतमा उधौली पर्व आगामी जनवरी ८ मा मनाइने

कुवेतमा उधौली पर्व आगामी जनवरी ८ मा मनाइने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०८३ शनिवार • १८:५३:४७ बजे
  • 787
    SHARES
  • कुवेतमा उधौली पर्व आगामी जनवरी ८ मा मनाइने

    कुवेत - वैदेशिक रोजगारीको सिलसिलामा कुवेतमा रहेका किरात समुदायले संयुक्त आयोजनामा सन् २०२७ जनवरी ८ शुक्रबारका दिन उधौली पर्व भव्य रूपमा मनाउने भएको छ।

    images

    तीन किराती संस्था किरात याक्थुङ चुम्लुङ कुवेत, किरात राइ यायोखा कुवेत र सुनुवार सेवा समाज कुवेतले खैतानस्थित राजधानी रेस्टुरेन्टको हलमा उक्त पर्व आयोजना गर्ने तयारी गरेका हुन्। कार्यक्रममा नेपालबाट विशेष अतिथि कलाकारहरूले सांगीतिक प्रस्तुति दिने आयोजक संस्थाहरूले जनाएका छन्।

    उधौली किरात समुदायको प्रमुख पर्वहरूमध्ये एक हो, किरात समुदायको पहिचान, संस्कृति र एकता झल्किने यो पर्व कुवेतमा हरेक वर्ष विशेष महत्वका साथ तीनै किराती संस्थाले संयुक्त रूपमा मनाउँदै आएका छन्।

    विदेशमा रहेका समुदायका लागि यस्ता पर्वहरू भने केवल धार्मिक अवसर मात्र नभई स्वदेशसँगको सम्बन्ध कायम राख्ने र पुस्तान्तरणमार्फत संस्कृति जोगाउने महत्वपूर्ण माध्यम पनि बनेका छन्।

    कार्यक्रमलाई भव्य र सभ्य रूपमा सम्पन्न गर्न आयोजक संस्थाहरूले उक्त दिन अन्य संघसंस्थाले आफ्ना कार्यक्रम नजुधाउन अनुरोध गरेका छन्।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology