Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

श्रमिकलाई तलब नदिने कम्पनीहरूको फाइल कुवेत सरकारले बन्द गर्ने

श्रमिकलाई तलब नदिने कम्पनीहरूको फाइल कुवेत सरकारले बन्द गर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ५, २०८३ बुधवार • १७:३५:१८ बजे
  • 880
    SHARES
  • श्रमिकलाई तलब नदिने कम्पनीहरूको फाइल कुवेत सरकारले बन्द गर्ने

    कुवेत -  कुवेतमा कार्यरत श्रमिकहरूलाई समयमै पारिश्रमिक नदिने कम्पनीहरू विरुद्ध सरकारले कडा कदम चाल्न सुरु गरेको छ। 

    images

    सार्वजनिक प्राधिकरण जनशक्ति (PAM) का अनुसार, श्रमिकहरूको तलब भुक्तानी नगरेका कारण जुन २०२६ सम्ममा ८,८४९ वटा कम्पनीहरूको फाइल निलम्बन भइसकेका छन्। यो संख्या पाँच वा सोभन्दा बढी कामदार राख्ने कुल दर्ता भएका कम्पनीहरूको करिब १८.३ प्रतिशत रहेको अरब टाइम्स कुवेतमा समाचार छ । 

    प्रतिवेदनका अनुसार, करिब १०,००० कम्पनीहरूले श्रमिकहरूको बाँकी तलब तिर्न बाँकी राखेको पाइएको छ। यसैबीच, पछिल्ला दुई हप्तामा मात्रै ३०० भन्दा बढी होम डेलिभरी कामदारहरूलाई कामबाट निष्कासन गरिएको खबर सार्वजनिक भएको छ।


    पछिल्लो समय कुवेत सरकारले श्रम बजारलाई व्यवस्थित बनाउन र श्रमिकहरूको अधिकार रक्षा गर्न नयाँ वेज प्रोटेक्सन सिस्टम (WPS) लागू गर्ने तयारी गरेको छ, जसले गर्दा कम्पनीहरूले बैंकमार्फत अनिवार्य रूपमा समयमै तलब पठाउनुपर्ने हुन्छ। यद्यपि, अझै पनि ठूलो संख्यामा कम्पनीहरूले नियम उल्लंघन गरिरहेका छन्। 

    अधिकारीहरूका अनुसार नियम पालना नगर्ने र कामदारको पारिश्रमिक रोक्ने कम्पनीहरूको सरकारी फाइल पूर्ण रूपमा बन्द गरिनेछ र उनीहरूलाई नयाँ श्रम अनुमति (Work Permit) जारी गर्न रोक लगाइनेछ। 

    यस कारबाहीले कुवेतमा कार्यरत ठूलो संख्यामा रहेका नेपाली सहितका विदेशी श्रमिकहरूको अधिकार सुरक्षित गर्न मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology