Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्याङ्जा सहयोग समाजको महासचिव ठकुरीको पहलमा हवाई टिकट र क्वारेन्टाइन खर्च सहयोग

स्याङ्जा सहयोग समाजको महासचिव ठकुरीको पहलमा हवाई टिकट र क्वारेन्टाइन खर्च सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आश्विन २७, २०७७ मंगलवार • १६:१८:२७ बजे
  • 1.6K
    SHARES
  • स्याङ्जा सहयोग समाजको महासचिव ठकुरीको पहलमा हवाई टिकट र क्वारेन्टाइन खर्च सहयोग
    दम्माम, साउदी अरब,
    स्याङ्जा सहयोग समाज साउदी अरबका महासचिव दिपक ठकुरीको पहलमा साउदीको सफर जेलमा रहेका सल्यानका टिकाराम रोकालाई नेपाल फिर्ता हुन टिकट र क्वारेन्टाइन खर्च गरेर २२५० साउदी रियाल प्रदान गरेका छन् ।


    सात महिना अघि जेल परेका रोका जेल सजाय सकिए  पनि नेपाल फर्कन खर्च नभैइ बिचल्ली परेको जानकारी प्राप्त भएपछि हिमालय एयरको टिकट र होटल क्वारेन्टाइन खर्च बापत सहयोग  उपलब्ध गराएका समाजका महासचिव दिपक ठकुरीले पिटि अनलाईनलाई जानकारी दिनु भयो ।

    पीडित रोकालाई समाजका अध्यक्ष पारस काफ्लेले भेट गरि यथार्थ बुजे लगतै समाजको अध्यक्ष , कोषाध्यक्ष टिकाराम भुसाल र महासचिवले  संस्थाको त्रैमासिक कोषबाट दमाम-काठमाडौं हवाई टिकट र क्वारेन्टाइन खर्च उपलब्ध गराएको ठकुरीले बताउनु भयो।

    स्याङ्जा सहयोग समाजले साउदीमा प्रवासी नेपालीलाई सहयोग गर्दै आईरहेको छ। विभिन्न सामाजिक अभियान सक्रिय सहभागी रहि सामाजिक योगदान दिदै आईरहेको समाजको विभिन्न देशका शाखा रहेको छ। 
    साउदीमा प्रवासी नेपालीलाई सदैव सहयोग गर्दै आईरहेको ठकुरीले कोरोना कहरमा पीडित नेपालीहरु दूतावासको अनलाइन फर्म भर्न तथा अन्य आबस्यक मानवीय सहयोग समेत गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology