Logo

शनिवार, कार्तिक २२ गते २०८३

images
images

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै

कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०८३ शनिवार • १७:५४:१४ बजे
  • 73
    SHARES
  • कुवेतमा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्दको १४२औँ जन्मजयन्ती संयुक्त रूपमा मनाइँदै

    कुवेत – किरात याक्थुङ चुम्लुङ, कुवेत र किरात धर्मावलम्बीहरूको संस्था माङ्सेबुङ सरोकार समाज, कुवेतको संयुक्त आयोजनामा बलिहाङ तङनाम तथा महागुरु फाल्गुनन्द लिङ्देनको १४२औँ जन्मजयन्ती विशेष कार्यक्रमका साथ मनाइने भएको छ।

    images

    आगामी नोभेम्बर १३, २०२६ शुक्रबारका दिन कुवेतको मङ्गाफस्थित मेमोरियल हलमा कार्यक्रम आयोजना हुन लागेको हो।

    ‘हाम्रो संस्कृति हाम्रो पहिचान, हाम्रो लिपि–भाषा हाम्रो शान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको कार्यक्रममा नेपालको १६औँ राष्ट्रिय विभूति तथा किरात धर्मका महान् समाज सुधारक महागुरु फाल्गुनन्द लिङ्देनको जन्मजयन्ती स्मरण गरिनेछ। साथै, बलिहाङ तङनामको अवसरमा शुभकामना आदानप्रदान तथा लिम्बू समुदायको मौलिक सांस्कृतिक परम्पराअन्तर्गत लारिङ्गेक–नाम्लिङ्गेक (देउसी भैलो) कार्यक्रमसमेत समेत रहेको आयोजकले जनाएको छ। साथै उक्त कार्यक्रममा कुवेतवासी सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गरिएको छ ।

    आफ्नो भाषा, धर्म, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्ने यस विशेष अवसरमा सम्पूर्ण नेपाली समुदायलाई परिवार तथा साथीभाइका साथ उपस्थित भई कार्यक्रमको शोभा बढाउन र सफल बनाउन आयोजक संस्थाहरूले हार्दिक अनुरोध गरेका छन्।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology