देउडी, नुवाकोट नुवाकोटको विदुर- १३ का प्रवासी युवा रोहित गुरुङको पहलमा देश तथा विदेशमा अध्ययनरत तथा कार्यरत युवाहरूको सहयोगमा विपन्न परिवारका विद्यार्थीहरु लाई शैक्षिक तथा स्वास्थ्य सामग्री प्रदान गरेको छ।
आज पहिलो चरन अजिङ्गरे मा.वी को प्राङगणमा कोरोना कहरलाई ध्यानमा राखि सामाजिक दुरि कायम राखि बिपन्न परिवारका विद्यार्थीहरु लाई स्कुल ब्याक ,कलम कपि ,पेन्सील ,स्वास्थ्य सामाग्री सेनिटाइजर ,माक्स वितरण गरेको छ। आज अजिङ्गरे मा.वि,कन्यादेवि आधारभुत वी. (हर्कपुर), भुमिदेवी आ.वी. (खुर्साने) सिर्जनाशिल आ.वी (रानिस्वरा) का निम्न बर्गका १०० जनालाई विद्यार्थी प्रदान गरेको छ।

भोलि कार्तिक २ गते कालिका आ.वी. कागुनेमा वडाको बाकी स्कुलका विद्यार्थी वितरण गरिने अभियन्ता रोहित गुरुङले पिटि अनलाइन बताएको छ।
अभियन्ता गुरुङ लगायत विदुर-१३ युवाहरुले सामाजिक सन्जालमा अभियान संचालन गरि देश तथा विदेशमा अध्ययनरत तथा कार्यरत युवाहरू बाट आर्थिक ,शैक्षिक तथा स्वास्थ्य सामग्री संकलन गरेका थिए । उक्त संकलन अभियानमा स्थानीय युवाहरुको दरो साथ रहेको थियो ।

गुरुङको पहलमा केहि समय अघि स्थानीय बिपन्न तथा ज्यालादारी गरि खाने २१५ घर धुरिलाई खाद्यान्न राहत वितरण गरेका थिए । पछिल्लो समय स्थानीय युवाहरुको समाज प्रतिको उतरदायित्व तथा आफ्नो जन्मभूमि प्रतिको योगदानलाई प्रसंशा योग्य रहेको छ।