Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

राजनीति

नेपाली जन- सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न

नेपाली जन- सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १, २०७७ शनिवार • २१:२६:१९ बजे
  • 2.7K
    SHARES
  • नेपाली जन- सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारणसभा सम्पन्न
    कुवेत - नेपाली जन-सम्पर्क समिती कुवेतको नवौं वार्षिकोत्सब तथा साधारण सभा सम्पन्न भएको छ । कुवेत स्थित फिन्तासको नेपाली भोजनालय हलमा हिजो शुक्रबारको दिन जन- सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको सभापतित्वमा सम्पन्न भएको हो ।
    उक्त कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथिमा नेपाली काङ्ग्रेसका सहमहामन्त्री प्रकाश चरण महत रहेका थिए । भने बिशेष अतिथिमा नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङ, सुजता परियार सीता गुरुङ, गोबिन्द भट्टराई,  प्रकाश रसाइली 'स्नेही' र नेपाल महिला संघको उपाध्यक्ष सरस्वती अर्याल 'तिवारी' रहेका थिए । साथै विश्वभरका नेपाली जन - सम्पर्क समितिका पदाधिकारीहरु पनि zoom भर्चुअलको माध्यमबाट जोडिएका थिए ।
    कार्यक्रममा सभापति राजेन्द्र बिरही रहित पदाधिकारीले दिप प्रज्वलन गरि केक काटेर कार्यक्रमको समुदघाटन गरेका थिए भने कार्यक्रम महामन्त्री केशर तामाङ घलानले संचालन गरेका थिए । कार्यक्रममा zoom भर्चुअलको माध्यमबाट प्रमुख अतिथि लगायत विशेष अतिथिले शुभकामना मन्तव्य राखेका थिए । विश्वभरमा कोरोना भाइरसले आक्रान्त पारिरहेको कारणले गर्दा कार्यक्रम स्थलमै प्रमुख अतिथि, विशेष अतिथिलाई उपस्थित गराउन असमर्थ भएको साथै कुवेतमा कृयाशिल संघ सस्थाका प्रतिनिधिलाई समेत निमन्त्रणा नगरी जन- सम्पर्क समिती कुवेतको पदाधिकारी लगायत सदस्यहरू मात्र उपस्थित भई सामाजिक दुरि कायम राखी कार्यक्रम सम्पन्न भएको सभापति राजेन्द्र बिरहीले जानकारी दिएका छन ।
    अन्त्यमा सभापति राजेन्द्र बिरहीले नवौं वार्षिकोत्सब भब्यताका साथ सम्पन्न गर्नको निम्ति zoom भर्चुअलको माध्यमबाट जोडिएका प्रमुख अतिथि र विशेष अतिथि लगायत कार्यसमितिका पदाधिकारी लाई हार्दिक धन्यवाद प्रकट गर्दै कार्यक्रमको समापन गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology