Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कुवेतमा कोरोना संक्रमितको संख्या ३६,०७४ पुग्यो, मृत्यु हुनेको संख्या ३०८

कुवेतमा कोरोना संक्रमितको संख्या ३६,०७४ पुग्यो, मृत्यु हुनेको संख्या ३०८

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७७ बिहिवार • २२:३२:०९ बजे
  • 2.1K
    SHARES
  • कुवेतमा कोरोना संक्रमितको संख्या ३६,०७४ पुग्यो, मृत्यु हुनेको संख्या ३०८

    मयूरपाटी – कुवेतमा कोरोना भाइरस (कोभिड-१९) बाट पछिल्लो २४ घन्टामा थप ५४१ जना सहित संक्रमण संख्या ३६,०७४ पुगेको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या थप नयाँ ०२ जना सहित ३०८ पुगेको कुवेत स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।

    images

    कुवेतमा कोरोना संक्रमितको संख्या ३६,०७४ जना मध्य २९,५१२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन, भने पछिल्लो २४ घन्टामा ६१६ जनाले स्वास्थ्य लाभ गरेको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।

    66666.jpgकोरोना भाइरसबाट संक्रमित ३६,०७४ जना मध्य ८,२५४ जना अस्पतालमा उपचाररत छन भने १८८ जनाको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको छ । कुवेतमा अहिलेसम्म ३,४६,३२५ जनाको कोरोना परिक्षण गरिएको छ ।

    पछिल्लो २४ घन्टामा ३,२९८ जनाको स्वाब परिक्षण गरिएको अरब टाईम्स अनलाइनमा जनाइएको छ ।
    केही महिना अगाडी कोरोना संक्रमित नेपालीको संख्या ८४ जना देखाएको थियो तर अहिले कति संक्रमित छन भन्नेबारेमा कुनै जानकारी प्राप्त भएको छैन ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology