Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ओमान

पुन: खाडी मै रोजगारीको लागि फर्कने सम्भावना पहिलाको भन्दा कम छ : एनआरएनए ओमानका अध्यक्ष  सेवन्त पुर्जा पुन

पुन: खाडी मै रोजगारीको लागि फर्कने सम्भावना पहिलाको भन्दा कम छ : एनआरएनए ओमानका अध्यक्ष  सेवन्त पुर्जा पुन

पूर्ण विक पहाडी

पूर्ण विक पहाडी

कार्तिक ६, २०७७ बिहिवार • १४:०७:०० बजे
  • 4.9K
    SHARES
  • पुन: खाडी मै रोजगारीको लागि फर्कने सम्भावना पहिलाको भन्दा कम छ : एनआरएनए ओमानका अध्यक्ष  सेवन्त पुर्जा पुन

    लामो समय बेलायत आर्मीमा रेहेर क्याप्टेन तहमा पुगे पछि हाल ओमानको रोयलकोर्ट अफ अफ्फेयर (दिवान) मा कार्यरत तथा  एनआरएनए  ओमानका अध्यक्ष  सेवन्त पुर्जा पुनसंग कोरोना कहर देखि खाडीको रोजगार समस्याको बारेमा मयूरपाटी डटकम लागि पुर्ण विक (पहाडीले )गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :

    images

    स्वागत छ यहाँलाई मयूरपाटी डिजिटल अनलाइन पत्रीकामा, बेलायत बाट आएर अहिले ओमानमा कार्यरत हुनुहुन्छ । अहिले पनि आर्मि सर्भिसमा नै हुनुहुन्छ कि ? प्राइभेट सर्भिसमा कार्यरत हो अहिले ?  साथै अहिले खाडी अथवा नेपालीको रोजगार गर्ने देशमा कोरोनाको अवस्था निकै भयावह छ । यसले रोजगारमा कस्तो असर पार्न सक्छ ?

    धन्यवाद पुर्ण जी। यस मयूपाटी डिजिटल पत्रीकामा केही शब्द राख्न दिएकोमा म आभारी छु। म आर्मी सर्भिस मै त होइन ! तर आर्मी क्याम्पभित्र म्युजिक स्कुलमा शिक्षकको काम गर्दछु। कोरोनाको कहरले हाल काममा ब्यक्तिगत असर त  परेको छैन । काम अहिले चाहिँ निरन्तर चली रहेको छ। तर खाडीमा कार्यरत मजदुरको हकमा भने आज के हुन्छ भोलि के हुने हो केही भन्न सकिने अवस्था छैन ।

    कति नेपाली कोरोनाको कारणले ज्यान पनि गुमाएका छन् केही नेपाल फर्की सकेका छ्न भने केही फर्किने तयारिमा छ्न । कोरोना कहर झन निकै जटिल अव्यवस्था सिर्जना हुदैछ रोजगार दिने कम्पनीहरु पनि बन्द हुँदै गएको अवस्था छ यस बारेमा के भन्नू हुन्छ ?

    कोरोना महामारीले प्रवासी कामदारहरु सबैलाइ असर पारेको छ। कति कम्पनी बन्द भए, भने कति चल्दै गरेको कम्पनीहरुले दिने सुबिधाहरु कम गराउदैछ। कोरोनाको कहर कहिले सम्म रहने हो ।  भन्ने अनिश्चित भएकोले गर्दा भोलि के हुने हो खासै भन्न सकिन्न। जे होस तपाईं हामी जहाँ जुन अवस्थामा छौं । धैर्य  गर्नुपर्छ र आत्मबल बढाउन जरुरी छ, देशको कानुन र सुरक्षाको उपायहरु अबलम्वन गर्दै, सबैलाई सचेत गराउँदै जानु पर्नेछ।

    खाडीबाट अहिले खाली समस्यामा परेकाहरुको उद्वारको कुरा मात्रै आएको छ, रोजगार गुमेका मजदुरहरु फेरि रोजगारको लागि खाडीमा फर्कने सम्भावना कत्तिको देख्नु हुन्छ ?

    फेरि पनि खाडी मै रोजगारीको लागि फर्कने सम्भावना चाहिँ पहिलाको भन्दा कमै देख्छु । अब नेपाल सरकारले नेपाल फर्केकाहरुलाइ के कतिको सुरक्षित अवतरण, स्वरोजगारी तथा रोजगारीको ब्यवस्थापन गर्न सक्ने हो तेसमा पनि भर पर्ने कुरा हो। ओमानीइजेसनको अर्थात हरेक कम्पनीले ओमानी नागरिक राख्नु पर्ने अहिले नियमले पनि यहाँ ओमनमा धेरै रोजगार घटेको छ ।  हालै यहाँको सरकारले भिषा मिति समाप्त भएकाहरु ओमान फर्कन नपाउने पनि घोषणा गरेको छ । यस्तो अवस्था कहिले समान्य हुने कुरा अज्ञात भएकोले नेपालमा स्वरोजगार वा रोजगार हुन सके धेरै राम्रो ।

    एनआरएनएका केही नेताले खाडी बाट फर्केका मजदुरलाई रोजगार दिन्छौं पनि भन्दै छ्न ।  यो कत्तिको सत्य हो ? एनआरएनए ओमानले कस्तो पहल गरेको छ ?

    सत्य असत्य भन्दा पनि एनआरएनएले रोजगारी सृजना गर्न केही प्रोजेक्टहरु तयारी अवस्थामा राखेको छ।

    हामीले चाहि विभिन्न देशका एनआरएनए लगायत केही बिज्ञहरु द्वारा संचालित कम्पनी "ब्यालेनस ग्रुप" संग एक हप्ता अगाडि एम ओ यु गरेका छौ ।  जसले टोल फ्री सम्पर्क नम्बर  सहितको हेल्प डेस्क बाट कुनै पनि ब्यावसाय संचालन वा कानुनी परामर्श प्रदान गर्नेछ। यसको साथै कम्पनीले प्रदान गर्ने विभिन्न प्रकारका कन्सल्टेन्सी लगायतका सबै सेवामा १० प्रतिशत छुट पनि प्रदान गर्नेछ। यसको साथै सोही कम्पनीको समन्वयमा स्थापना हुन गइरहेको जनता कृषिमा सहभागी हुन सक्नेछन् । जनता कृषिले बिषेश विशेषज्ञ सेवा तथा आवश्यक आर्थिक सहयोग वा रिटेर्नीहरुको समुह संग समन्वय गरि सहकार्य गर्ने ,योजना रहेको छ। यसको पूरा बिवरण हाम्रो फेस्बुकमा अब छिट्टै राख्नेछौ।

    ओमानमा  एनआ एनएले  मजदुरहरुको लागि आगामी दिनमा कस्तो भुमिका खेल्ने छ ? नेपाली  सोसल क्लब र एनआरएन सोसल क्लब बिचको सम्बन्ध के हो ?

    दुतवास आउनु अघि एनआरएनए र यसका प्रतिनिधिले यहाँका मजदुरका समस्याहरु  हेर्ने गरेका सबैलाई अवगत नै छ । नेपाली दुतवास आएपछि यहाँ हामिले गर्ने भनेको मध्यस्तकर्ताको कार्य हो त्यो, भएको छ । आएका समस्यालाई आवश्यकता अनुसार परामर्श र दुतावास सम्म पुर्याउने गरेका छौ, साथै ठुलो आर्थिक समस्या परेर अपलत्र परेका नेपालीहरुलाई आर्थिक सहयोग पनि गरेका छौं र भविष्यमा पनि यो निरन्तर रहने छ । यसका अलवा मजदुरका समस्याहरुलाई एनआरएनर आई.सि.सि मार्फत नेपाल सरकार सम्म पुर्याइ पोलिसि मेकिङ्गमा समेत हामिले काम गरेका छौ ।  यो पनि निरन्तर रहने छ । हालको बिषम अवस्थामा परिस्थिति अनुसार आवश्यक सहयोग गर्नेछौं  । नेपाल गएका जो फर्किनलाई सबै तयारी र आवश्यक मापदण्ड पुरा गरेका छन् ,उनिहरुलाई फर्काउन पहल गरिरहेका छौं ।

    एनआरएनए र सोसल क्बल बिचको सम्बन्ध भन्नु पर्दा - यो दुई संस्था होइन एकै हो। नेपालमा आधिकारिक रुपमा दर्ता भएको र ओमानमा पनि संस्था दर्ताको अगुवाई गरेको र तत्कालिन अवस्थामा अन्य संस्थाहरु सहकार्यका लागि अघि नसरेपछि र एनआरएनए कै जिम्मेवारीमा सोसल क्लब चल्ने भएपछि एक समितिले दुई संस्था चलाउन सम्भव नभएकोले एनआरएनए लाई नै नेपालीहरुको सोसल क्लको रुपमा एनआरएनए  सोसल क्लब दर्ता गरिएको हो, यसर्थ यो एकै हो । बिश्वभरीका एनआरएनएका लागी एन.सि. सि ओमनले पनि चिनिन्छ ।

    संसारभर रहेका नेपालीको लागि काम गर्ने, नियोग नेपाली दूतावासले कोरोना कहरमा मजदुरहरुलाई कत्तिको साथ र सहयोगमा गरेको पाउनु हुन्छ ?

    यतिबेला सबै देशका राजदुतावासहरुले सक्दो सहयोग गरेका नै छन होला। कतै थोरै कतै धेरै भएका पनि होलान् - हरेक देशको आआफनै समस्याहरु हुन्छ। यहाँ ओमनको नेपाली राजदुतावासले चाहिँ शतप्रतिशत सहयोग गरेको छ, यसमा कुनै दुई मत छैन । चार्टर्ड फ्लाइट को शुरुआत बाट नै म पनि प्रत्येक्षरुपमा  राजदुतावाससंग सहकार्य गर्ने मौका पाएको थिए। अरु देशको भन्दा अग्रशिल र सक्रिय रहि सस्तो हवाई भाडा मिलाइ ७ वटा चार्टर्ड फ्लाइट गर्न, सफल भयो। यो अवधी भरी विभिन्न समस्याहरु लाई पनि समाधान गर्न सफल भएको थियो।  उहाँहरुको मेहनत, लगनशीलता, निपुर्णता साथै दक्षता देखेर खुशी लाग्यो। यसमा महामहिम राजदुत शर्मिला पराजुली ढकाल अनि राजदुतावास टिमलाई ओमनबासी सम्पुर्ण नेपालीहरुको तर्फबाट धन्यवाद दिन चाहन्छु।

    तपाईं एनआर लएनए लगायत अन्य संस्थामा पनि आवद्ध हुनुहुन्छ । ओमानको हकमा संग संस्थाको आवश्यकता छ । कि नामको लागि मात्रै खोलिएका छन ?

    हो म नेपाल मगर संघ ओमन र मोना ओमन संग पनि सल्लाहकारको रूपमा आबद्ध छु। संस्थाहरुको आवश्यकता भन्दा पनि सक्षमता हुन जरुरी छ,जस्तो लाग्छ। हुन त सबै संस्थाहरुको आआफनै परिचालन र उदेश्यहरु अनुसार खोलिएका छ्न। तर पनि कति संस्थाहरु चाहिँ नखोले पनि हुने जस्तो लाग्दछ। जति संस्थाहरु खोलिए पनि मिलेर अगाडि जाने हुनु पर्यो। सबै जना सोसल क्लबको सदस्य भइदिए अझ राम्रो हुने थियो एनआरएनए "नेपाल र नेपालीहरु" कै लागि हो । यो सबै जातीय, बर्ग, क्षेत्रीय, धर्मको एक साझा सामाजिक संस्था हो।

    अन्त्यमा संसार भरी रहेका एन आर एन एलाई के भन्न चाहानु हुन्छ ?

    खासै भन्नूपर्ने त केही छैन । यो एक ठूलो संस्था भएकोले  धेरै कुराहरू एकै रूपमा समेटेर लैजान गाह्रो नै छ। तर पनि सबैले सकारात्मक सोच लिएर अगाडि बढ्नु पर्छ। अन्तमा तपाईंहरु सम्पुर्णलाई म लगायत एनआरएनए सोसल क्लब (एन सि सि ओमन) को तर्फबाट बडा दशै तथा तिहारको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना । धन्यवाद ।

    पूर्ण विक पहाडी

    मयूरपाटी डिजिटल पत्रिकाकाे प्रबन्ध निर्देशक: पुर्ण ब. बिश्वकर्मा 'गोतामे' (पहाडी ) हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology