Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाल पत्रकार महासंघ युरोपको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल पत्रकार महासंघ युरोपको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १०, २०७७ सोमवार • ०८:१५:०६ बजे
  • 2.3K
    SHARES
  • नेपाल पत्रकार महासंघ युरोपको  शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
    शेरबहादुर परियार,पोल्याण्ड/ नेपाल पत्रकार महासंघ युरोप शाखाले  नेपालीहरुका साँस्कृतिक चाडपर्वहरु  बडादशैँ,शुभदिपावलि,नेपाल सम्वत, छठपर्व,चासोक, साकेला, ल्होसार लगायतको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। 
    eu1.jpg
     नेपाल पत्रकार महासंघ केन्द्रिय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्यमा भएको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै आचार्यले"पत्रकार साथीहरु अहिले कोभिडको कारणले जागिरबाट निकालिएको,बेतलबी विदामा बस्नु परेको,पाउनु पर्ने नियमित तलब नपाएको जस्ता पेशागत असुरक्षा हुँदाहुदै  पनि पत्रकार साथीहरु अग्रपंक्तिमा रहि काम गरिरहेका छन्।  विश्व भरि छरिएर रहेका सबै पत्रकारहरुलाई उच्च मनोबलका साथ काम गर्न र सत्यतथ्य,तटस्थ, खबरदारी तथा जवाफदेहिता सहितको पत्रकारिताको लागि लाग्न बडादशैँ,शुभदिपावलि लगायतका सबै पर्वहरुले हौसला प्रदान गरोस्" भन्ने शुभकामना दिए।
    त्यसैगरी कार्यक्रमका विशेष अतिथी प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष गोपाल बुढाथोकीले नेपालमा रहेका पत्रकारहरुका निम्ति चासो,चिन्ता र सहयोगका लागि पत्रकार महासंघको  युरोप शाखाले जुन सम्मानित काम गरिरहेको छ त्यसको निरन्तरताको कामना गर्दै युरोप शाखाको प्रसंसा गरे। स्वस्थ्य,स्वच्छ,स्वतन्त्र र मर्यादित सहितको पत्रकारितामैत्री प्रेस काउन्सिल सफल बनाउने अभियानमा विश्व भरी छरीएर रहेका नेपाली पत्रकारहरुको   सहयोगको अपेक्षा गरेको बताए। 

    प्रेस संगठन नेपालका संयोजक महेश्वर दहालले अहिलेकोअबस्थामा सबैबन्दा अप्ठ्यारो अबस्थामा कोही छ भने त्यो पत्रकार छ भन्दै यो बिषम परिस्थितिमा  पनि जनतालाई सुसुचित गर्ने महान कार्यलाई सबैले सम्मान  गर्नु पर्ने बताए। प्रेस युनियनका केन्द्रीय महासचिव अजयबाबु शिवाकोटीले  युरोपमा कोभिडको दोस्रो चरण आएको भन्ने आशंका छ त्यसैले सबैले सुरक्षाका मापदण्डहरु पुरा गरी चाडपर्वहरु मनाउन आग्रह गरे ।

     कार्यक्रममा महासंघका केन्द्रीय उपाध्यक्ष दिलिप थापा मगर, एनआरएनएका केन्द्रीय उपाध्यक्ष डाक्टर बद्रि केसी,महासचिव डाक्टर हेमराज शर्मा,आइसिसी सदस्य रामशरण सिम्खडा,महासंघ युके अध्यक्ष नरेश खपाङ्गी, महासंघ गण्डकी प्रदेश अध्यक्ष त्रिभुवन पौडेल, जनसम्पर्क समिति युरोपका महामन्त्री गंगाधर गौतम, एनआरएनए मिडिया टास्कफोर्सका संयोजक चिरन शर्मा,प्रेस युनियन युके अध्यक्ष विपीन निरौला,महासंघ पोर्चुगल सह संयोजक राजकुमार थापा लगायतले शुभकामना दिएका थिए। 
    शुभकामना आदान प्रदान कार्यक्रममा दोर्ण रिजाल(नेदरल्याण्ड), प्रेम परियार(नर्वे), रबिचन्द्र भट्टराई (अष्ट्रिया), शेरबहादुरपरियार(पोल्याण्ड),कलश खरेल(पोर्चुगल),सरला कट्टेल(नर्वे),बाबा राजेश्वरी थापा(अष्ट्रिया),युवराज  फुयाल(स्विजरल्याण्ड),दिनेश गौतम(साइप्रस),भगवान गिरी,सन्देश श्रेष्ठ  लगायत विभिन्न देशका पत्रकारहरुको सहभागिता रहेको थियो।

    शुभकामना आदान प्रदान कार्यक्रम नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष डिल्ली अम्माईको स्वागत मन्तव्य  र सचिव महेशकुमार खातीको सञ्चालनमा सम्पन्न भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology