Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सतिश भण्डारीको अध्यक्षतामा राखु समाज अष्ट्रेलिया गठन

सतिश भण्डारीको अध्यक्षतामा राखु समाज अष्ट्रेलिया गठन

बादल शाही

बादल शाही

कार्तिक १३, २०७७ बिहिवार • ०८:५२:३० बजे
  • 4.2K
    SHARES
  • सतिश भण्डारीको अध्यक्षतामा राखु समाज अष्ट्रेलिया गठन

    म्याग्दीको राखु घर भएकाहरु अष्ट्रेलियामा संगठित भएका छन । बिजया दशमी तथा दिपावली र छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्दै सतिश भण्डारीको अध्यक्षतामा राखु समाज अष्ट्रेलिया गठन भएको हो ।

    यसैगरी राखु समाज अस्ट्रेलियाको उपाध्यक्षमा शिव ठकुरी, महासचिवमा पवन कटुवाल  हुनु भएको छ भने समाजको सचीवमा गोकुल भण्डारी रहनु भएको छ । समाजको कोषाध्यक्षमा पुजा खत्री, सहकोषाध्यक्ष बिजन मल्ल, खेलकुद संयोजक रोशन बिस्वकर्मा, सांस्कृतिक संयोजक संगिता खत्री रहने गरि समाज गठन गरिएको छ । साथै समाजको सदस्यहरुमा सुजन पौडेल, सुमित्रा भण्डारी, ईश्वर केसी, कृष्ण भण्डारी, आनन्द रिजाल, रहनु भएको छ ।
    as2.jpg
    समाजको सल्लाहकारहरुमा धिरज मल्ल, मीन बहादुर भण्डारी र खिम भण्डारी रहनु भएको सचीव गोकुल भण्डारीले जानकारी दिनु भएको छ ।

    प्रवासबाट विभिन्न सामाजिक कामहरु तथा सहयोगका कार्यक्रमहरु गर्ने उद्देश्य संस्थाले राखेको छ । अष्ट्रेलियामा यसरी आफ्नै गाउँका आफन्तहरु संगठित हुनुले एकताको महसुस भएको र हरेक काममा संस्थागत हिसाबले एकजुट भएर लागिरहने संस्थाको संस्थागत धारणा रहेको छ ।

    कार्यक्रमको संयोजन तथा सन्चालन गोकुल भण्डारीले गर्नु भएको थियो भने स्वागत मन्तव्य पवन कटुवालले राख्नु भएको थियो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology