कार्तिक १४, २०७७ शुक्रवार
•
११:४५:१४ बजे
ओमानमा ट्राभल एजेन्सी ब्यापार गर्दै आउनु भएका मुन्ना बाबू परियारसंग कोरोना कहर देखि अहिले सम्मको ब्यापार, व्यावसाय मन्दीको बारेमा मयूरपाटी डटकमसंग गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
स्वागत छ यहाँलाई मयूरपाटी डिजिटल अनलाइन पत्रीकामा, पछिल्लो समय बन्दाबन्दीप्छी ट्राभल व्यवसाय कस्तो अवस्थामा गुज्रीरहेको छ ?
धन्यवाद छ हजुर लगायत सम्पूर्ण नेपालीहरुलाई बिजयदशमी तथा दिपावलीको पावन अवसरमा हार्दिक हार्दिक मंगलमय सुभकामना व्यक्त गर्द्छु । कोरोनाको कारणले जति पनि नेपालीहरु संक्रमित हुनुहुन्छ । उहाँहरुको स्वास्थ लाभको कामना सहित ज्यान गुमाउने प्रति हार्दिक श्रद्धाञ्जली र सम्पूर्ण परिवारहरुलाई श्री पशुपति नाथले धैर्यधारण गर्न,सक्ने खुबी दिउन भन्न चाहन्छु ।
ट्राबल व्यवसायी अवस्थाको कुरा गर्दा खासै धेरै असर भने परेको छैन । ३ महिना भने एकदम घरमा नै बसेको हू र त्यति बेला पनि मैले एकदम नै रमाइलो तरिकाले नै समय बिताए किनकि बुवा आमा सबै परिवार साथमा नै हुनु भएकोले सजिलो नै भयो ।अनि लगभग ३ महिना पछि चाटर फलाइट सुरु गरियो। लगभग १३ ओटा गरियो इंडिया सेक्टरको।
"आफन्त नजिकको मान्छे र पैसावाला बाध "Nepotism ले यो कोरोनाको माहामारी संगै ओमनका कामदार नेपाली माथि पनि individual रुपमा राजनीति भएकै हो"
तपाई नेपाली भएर किन नेपालीहरुलाई सेवा दिन खोज्नु भएन त ! खास कारण के थियो ?
मैले धेरै कोसिस गरी एयरलाइन्स र प्यासेन्जर तयार हुदा पनि यहाँ NRN का १/२ जना र अन्य केहिको कारणले फ़लाइट गर्न सकिएन।
नेपालीमा एउटा भनाइ छ नि " बुढो गोरुले गाई ओगेटे को जस्तो "!
अनि यो गम्भीर प्रश्न राख्नु भयो सर,मुख खोल्दिन भन्दा पनि खुलाउन बाध्य बनाउनु भयो। यहाँ ठुला माछा भन्नेहरु पनि पर्न आउछन सर। मेरो अफिसबाट २ चोटी सम्म इ-मेल गरेका छौ ।
नेपाल राजदुतलाइ, चार्टर फलाइट गर्न पाउ भनेर म स्वयम दुताबास गएर पनि कुरा गरे तर दुताबासले पनि मानेन। पछि गएर थाहा हुनमा आयो, किन नदिएको रहेनछ भनेर।
भनि हाले ठुला माछाहरुलाई पनि समस्या आउने रहेछ भनेर। यसैमा थपे एउटा कुरा "आफन्त नजिकको मान्छे र पैसावाला बाध "Nepotism ले यो कोरोनाको माहामारी संगै ओमनका कामदार नेपाली माथि पनि individual रुपमा राजनीति भएकै हो ।
NRN को ओमन मुखियाले भन्नु भएको छ रे, "ओमानीलाई मात्रै अब काम दिने" रे भनेर। यो सरासर गलत हो। न बुजिकन बोल्नु गलत हुन्छ। १ वटा भनाइ छ, अंग्रेजीमा little knowledge is very dangerous यसको मतलब थोरै बुज्नु झन खतरनाक हो भन्न खोजेका हौ ।
कोरोना कहर झन निकै जटिल अवस्थामा सिर्जना हुदैछ,रोजगार दिने कम्पनीहरु पनि बन्द हुँदै गएको अवस्था छ, यस बारेमा के भन्नू हुन्छ ?
रोजगारको अवस्था ओमनको लागि के कस्तो त छ भन्दा ! खासै डराउनु पर्ने छैन। मैले सुन्नमा आएको छ, NRN को ओमन मुखियाले भन्नु भएको छ रे, "ओमानीलाई मात्रै अब काम दिने" रे भनेर। यो सरासर गलत हो। न बुजिकन बोल्नु गलत हुन्छ। एउटा भनाइ छ, अंग्रेजीमा "little knowledge is very dangerous " यसको मतलब ,थोरै बुज्नु झन खतरनाक हो भन्न खोजेका हौ ।
सहीमा कुरा केहो भने, कुनै पनि कम्पनीको क्यापीटल फौंड भन्ने पैसा हुन्छ। जस्तै १००० रियाल ,५००० रियाल ,१०००० रियाल ,१००००० रियाल। अब यसको आधारमा ओमानी नागरिक भएको मान्छेलाइ उसको कामको स्किल अनुसार जिम्मेवारी दिने हो ,त्यो पनि कति जनालाई भनेर ! त्यसैले अहिले काम न हुनु अलगै कुरा हो, किनकि कोरोनाले गर्दा। नत्र ओमानीले मेरो काम नै खोसी दिने भयो भनेर डराउनु पर्दैन। ओमन सरकारले ओमनलाइ भिजिट ओमन भनेर योजना गर्दै छ। आतिनु पर्दैन ओमन सरकारले जे निर्णय लिन्छ सबैको भलाई को लागि नै गर्छ।
केही समय पहिला ओमानमा रहेका संस्थाहरुले तपाइको ट्राभल एजेन्सीलाई महँगोमा टिकट बेचेको आरोप पनि लगाए । आरोप बारेमा के भन्नू हुन्छ ?
यो कुरालाइ यस्तो तरिकाले गुमराह गरि दिए भने ओमनका नेपालीलाइ आज मौका दिनु भयो कुरा इस्पस्ट बुजाई दिन्छु सबैलाइ।१३० रियाल मा ३० किलो र ७ किलो हाते झोला हाम्रो चार्टरमा जानको लागि ५ रियाल अफिसको सर्विस चार्ज भनेर गरेका थियौ। अनि सलाम एयरले २० किलो ,७ किलोलाइ ११५ रियालमा गरेको थियो। अब भन्नुस सामान नै १० किलो धेरै लैजान पाए पछि १० किलोको पैसा पनि थपिने भयो। अनि मैले यो ओमन एयरलाइ किन लैजाने भनेको भने यहि सामानको लागि थियो र जति पनि क्यान्सिल जाने साथीहरु छन सबैको ३० किलो सामान छ। जाने मान्छेहरु कै माग बमोजिम हामीले यो फलाइट काठमाडौँ जानको लागि रेडी गरेका थियौ। मैले एयरलाइन्सलाई पनि पैसा बुजाई दिए।
अरुले सिधै पैसा उठाएर चम्लायका छन। कोरोनाको नाममा होकी होइन ? NRN ले कति पैसा उठायो कहाँ कहाँ दियो ? कस कसलाई दियो । मैले यस्तो अवस्था मा सर्विस दिन्छु भन्दा उल्टो मुन्नालाई ठग भनि दिने ??
एयर लाइन्सको मान्छे २ चोटी सम्म नेपाल राजदुतावासमा गएर भन्यो "मस्कट - काठमाडौँ जानको लागि रेडी छौ आदेश दिनु होस् भन्दा पनि दिएनन। इ -मेल गर्यो एयर लाइन्स पनि धेरै थाकी सक्यो। अनि मैले सोचे सलाम एयर संग कुरा गरि मेरो मान्छेहरु ३० किलो नै डिल गरेर पठायौ। पहिला सोधे के गर्नु हुन्छ पैसा लिनु हुन्छ कि टिकट ? सलाम एयर को भनेर । जसलाई जुन मन लाग्यो तेही लिनु भयो। खै कुन १ वटा अनलाइनले समाचारले ठगी भयो भनेर छापेको रहेछ। मैले सबै बुजाई दिए पछि हटाउनु भएछ। सबैलाइ बुजाउन त म संग पनि समयको अभाब नै छ।
यसैमा जानकारी गराउछु मैले यो हाम्रो फलाइट मा १ जनालाइ ट्रावलको तर्फ़बाट फ्री टिकट,जसले टिकेट किन्न सक्ने अबस्था छैन र १ वटा नेपाल दुतावासले दिएको मान्छेलाइ फ्री टिकट दिन्छु भनेर छुटाएका थियो २ वटा सिट । यो मैले दुतावासमा द्वितीय सचिव सोमेस थापाजीलाइ पनि भेटेर नै जानाकारी गराएको थिए। यो २ वटा फ्री टिकेट भनेको ५ रियाल अफिसले लिएको सर्विस चार्जबाट नै हो ।
अब तपाई भन्नुस ! अरुले सिधै पैसा उठाएर चम्लायका छन। कोरोनाको नाममा होकी होइन ? NRN ले कति पैसा उठायो कहाँ कहाँ दियो ? कस कसलाई दियो । मैले यस्तो अवस्था मा सर्विस दिन्छु भन्दा उल्टो मुन्नालाई ठग भनि दिने ??
खुट्टा तान्ने प्रवृति छोडौ हातेमालो गरि अगाडी बढौ भन्ने मेरो सोच हो। ओमनका धेरै जस्तो कर्पोरेट कम्पनीहरु म संग टिकट बनाउनु हुन्छ तर हाम्रै दुतावास खोइ कहाँ कहाँ गएर बनाउनु हुन्छ टिकट ? अनि हामी नेपाली व्यव्सायीहरु कसररी फस्टाउन सकिन्छ परदेशमा ।
आगामी दिनमा ट्राभल एजेन्सीलाई बिस्तार गर्ने योजना के छ ?
नेपालमा मेरो पुरानै ट्रावल छ । इंडियामा हैद्वाबाद , तिलांगना र नबि मुम्बईमा मेरो आफ्नै ट्रावल अफिस छ। दुबाईमा DAFZAसंग कुरा भईरहेको छ। सायद नर्मल हुन साथ ब्रान्च सुरु हुन्छ । दुबईबाट पनि नेपालीहरुले सर्विस पाउनु हुने छ। युगण्डा अफ्रीकामा पर्छ कम्पला भन्ने राजधानीमा रजिस्टर प्रक्रिया सकिन लागि सकेको छ। सायद यो हप्तामा सकिएला। हेड अफिस भने ओमन नै रहने छ र व्याकप अफिस नबि मुम्बई नै भैईरहेने छ ।
अन्त्यमा आफ्नो व्यापार, व्यावसायको बारेमा के भन्न चाहानु हुन्छ ?
म १ वटा बिजनेस मेन हूँ । मैले कसै माथी राजनीति गर्दिन र म माथी पनि न गरियोस। मैले नेपालीहरुलाइ सेवा दिनको लागि नै पैसा लगानी गरेको छु ओमान मा पनि। व्यवसायी गर्ने मान्छेलाइ अरु देशको दुतावासले कतिको सपोर्ट गर्छ ? हजुरलाई पनि थाहा नै होला सर ! तेही हो मलाई पनि दुतावासबाट सहयोग चाहिन्छ। त्यो मेरो पनि अधिकार हो। मैले दुतावासलाई सहयोग गर्नु पर्छ र मलाई पनि दुतावासले परेको ठाउमा सपोर्ट गर्ने पर्छ। खुट्टा तान्ने प्रवृति छोडौ हातेमालो गरि अगाडी बढौ भन्ने मेरो सोच हो। ओमनका धेरै जस्तो कर्पोरेट कम्पनीहरु म संग टिकट बनाउनु हुन्छ तर हाम्रै दुतावास खोइ कहाँ कहाँ गएर बनाउनु हुन्छ टिकट ? अनि हामी नेपाली व्यव्सायीहरु कसररी फस्टाउन सकिन्छ परदेशमा यसमा मेरो गुनासो रहेको छ । ओमान लगायत विश्वभर रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ,दिदिबहिनी तथा मित्रजनहरुलाई दशै र दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्द्छु । प्रदेशमा रहनु हुने नेपाली दाजुभाइ दिदिबहिनीहरु स्वास्थको ख्याल राख्नु होला । कोरोना कहरको यो समयमा ।
अनुरोध : यदि कोरोनाको कारणले ओमनमा कुनै पनि नेपालीको मृत्यु भएको छ भने, हामी नेपालीहरुको तर्फबाट उहाँहरुको घर परिवारलाई राहत स्वरुप केहि रकम जुटाई सहयोग गरौ भन्न चाहन्छु।
धन्यबाद तपाइँलाई मेरो आफ्नो बिचार राख्ने मौका दिनु भएकोमा धेरै धेरै शुभकामना।