Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मानिसको आँखामा जिउँदो किरा (भिडियोसहित)

मानिसको आँखामा जिउँदो किरा (भिडियोसहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक १५, २०७७ शनिवार • ११:१७:२७ बजे
  • 2.5K
    SHARES
  • मानिसको आँखामा जिउँदो किरा  (भिडियोसहित)

    एजेन्सी । चीनका ६० बर्षीय वानको आँखा पोले जस्तो र दुखे जस्तो अनुभव भयो । थकानका कारण यस्तो समस्या भएको होला भन्ने उनलाई लागेको थियो । तर कारण अर्कै थियो ।केही महिनाअघि उनी आफ्नो आँखाको समस्या लिएर पूर्वी चीनको सूझोयू म्युनिसिपल अस्पताल पुगे । चिकित्सकले उनको आँखाको परीक्षण गरे ।

    images

    त्यसक्रममा डाक्टरहरुले ती ब्यक्तिको दाहिने आँखाको आँखा छोप्ने माथिल्लो छालाको भित्री भागमा केही शंकास्पद बस्तु देखे । त्यो बस्तु सानो गुच्छाको रुपमा देखिएको थियो ।

    तत्पश्चार डाक्टरहरुले वानको आँखाको अपरेशन गर्नुपर्ने सल्लाह दिए । अपरेशन गर्ने क्रममा आँखा छोप्ने माथिल्लो छालाको भित्री भागबाट किराहरुको एउटा गुच्छा निस्कियो ।

    त्यो गुच्छामा २० वटा किराहरु थिए । ती किराहरु करिब १२ महिनादेखि वानको आँखा भित्र हुर्किइरहेका थिए ।

    डाक्टरहरुका अनुसार वानको आँखाबाट निकालिएका किराहरुमा लार्भाहरु पनि थिए । आउट डोर वर्कआउट अर्थात घरभन्दा बाहिर गरिने खेलकुदजन्य ब्यायामका क्रममा किराहरु वानको आँखामा पसेको हुनसक्ने डाक्टरहरुले अनुमान गरेका छन ।

    वानको अप्रेशन गर्ने डाक्टरहरुको टिममा सहभागी एक डाक्टर शी टिंगले बताए अनुसार शायद वानलाई माखाले टोक्ने क्रममा किराहरु आँखा भित्र पसेको हुनुपर्छ । उनले भने, “शायद माखाको माध्यमबाट नै आँखा भित्र किराको प्रवेश भएको हुनुपर्छ ।”

    चिकित्सकहरुका अनुसार वानको आँखामा भेटिएका किराहरु थेलेजिया केलिपेडा प्रजातिका हुन । यो प्रजातिका किराहरुले आँखामा संक्रमण फैलाउँछ ।

    सामान्यतया यो परजीवी कुकुर र बिरालोमा पाइन्छ । अहिले वानको आँखाको अप्रेशन सफल भएको छ । मानिसको आँखामा जिउँदो किरा भेटिएको यो घटनाले चिकित्सहरुलाई पनि अचम्ममा पारेको डेलिमेलले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # स्वास्थ्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology