गैरआवासीय नेपाली संघको भर्खरै सातौं मध्यपूर्व क्षेत्रीय भेला सम्पन्न गरेको छ। “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चितता” भन्ने मूल नारा सहित १५ बुंदे निर्णय गर्दै भर्चुअल सम्मेलन सम्पन्न भएको छ । यसै विषयमा केन्द्रित रहेर विगत लामो समय देखि साउदी अरबमा रहेर एनआरएनए साउदी हुँदै अहिले मध्यपूर्व सह संयोजक राजेन्द्र अर्याल संग कोरोना कहर देखि खाडीको रोजगार समस्या बारेमा मयूरपाटी डटकम लागि पुर्ण विक (पहाडीले )गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ :
स्वागत छ यहाँलाई मयूरपाटी डिजिटल अनलाइन पत्रीकामा, भर्खरै १५ बुंदे निर्णय गर्दै सातौं मध्यपूर्व क्षेत्रीय भेला सम्पन्न गर्नु भयो, मध्यपूर्वमा कार्यरत नेपाली हरुको अवस्था कस्तो छ । अहिले मध्यपूर्व अथवा नेपालीको रोजगार गर्ने देशहरुमा कोरोनाको अवस्था निकै भयावह छ । यसले कस्तो असर पार्न सक्छ?
यसै माहामारीका कारण हाम्रो मध्यपुर्ब भेलाको नारा नै “गैरआवासीय नेपालीहरुको आजको आवश्यकता स्वास्थ्य सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चितता” थियो। अहिले खाडिमा कोरोना कहरको ग्राफ तिब्र गतिमा ऒरालो झर्दै छ। रोजगार गुमारएका कामदारहरू करिब करिब स्वदेश फर्किसकेको अबस्था छ भने, पुन:फर्किने गरि बिदामा जादैछन । महामारीका कारण बिदामा रोकीएकाहरू कम्पनिको रेस्पोन्समा धमाधम फर्किरहेको अबस्था छ।
कोरोनाको कारणले कति नेपालीले ज्यान पनि गुमाएका छन् केही नेपाल फर्की सकेका छ्न भने केही फर्किने तयारिमा छ्न । कोरोना कहर झन निकै जटिल अव्यवस्था सिर्जना हुदैछ रोजगार दिने कम्पनीहरु पनि बन्द हुँदै गएको छन । यहि अवस्था रह्यो भने नेपालीहरुको रोजगारीको गन्तव्य मध्यपुर्बको भविष्य कस्तो छ ?
निशचित रूपमा कालले भुगोल, जात धर्म केहि छुट्टयाउदैनन, यसर्थ केहि नेपाली कामदारहरू पनि महामारीको शिकार भए, अहिले खाडिबाट कोरोना भाइरस कमजोर हुंदै गइरहेको अबस्थमा छ, भने बिस्तारै थिलथिलो भएको सेवा क्षेत्र, उत्पादन र बजार खुल्ने क्रम जारी छ।बिश्वमै रोजगारी गुमाउनेको संख्या बढेको छ, उतार चढाव भैरहन्छ, केहि समय पश्चात पुन:यथास्थितिमा आउने छ।
मध्यपुर्बबाट अहिले खाली समस्यामा परेकाहरुको उद्वारको भएको छ, भोलि यो समस्या निरन्तर रह्यो भने रोजगार गुमेका मजदुरहरु फेरि रोजगारको लागि खाडीमा फर्कने सम्भावना कत्तिको देख्नु हुन्छ ?
खासगरिकन सप्लाइ कंपनिहरू बन्द भयो, त्यसैले त्यहाँ कार्यरत कामदार प्रभावित भए, निर्माण कार्य कहिले पनि बन्द भएन चलिरहयो। मुख्य समस्या कोरोनाको भयका कारण बिमानस्थल बन्द थिए, जसले गर्दा आवतजावत बन्द हुन पुगेको हो, अहिले आउने जाने क्रमले गति लिन थालेको छ, सिमित मात्रामा भएपनि बिमानहरू नियमित हुंदैछन।
एनआरएनएको मध्यपूर्व क्षेत्रीय भेलाले खाडीमा रोजगार गुमाएका लाई पुन नेपालमा रोजगार दिने कुरा निकै जोड्ले उठ्यो साथै वैदेशिक रोजगारबाट फर्किएका नेपाली कामदारहरुको पुनर्स्थापना र स्वरोजगारको लागि गैरआवासीय नेपाली संघ र नेपाल सरकारबीच स्वदेशमै रोजगार श्रृजना गर्न सहकार्य गर्ने र रोजगार दिने भन्ने कुरालाई एनआरएनएले भने जस्तो मध्यपूर्व बाट फर्केका नेपालीलाई स्वदेशमा रोजगार दिने कत्तिको सम्भावना छ, कि सस्तो लोकप्रियताको लागि हो ?
गैरआवासीय नेपाली संघ आप्रबासि कामदारहरूको अन्तर्राष्ट्रिय संस्था हो, तसर्थ आफ्ना सदस्यहरूलाइ चाहिएको सबैखाले सेवा र सहयोग लिने/दिने कार्य नै मुख्य उदेश्य रहिआएकोछ, मिडियाबाट यहाँले देख्नु, सुन्नु भएकै होला अघिपछि सहयोग जान्थ्यो यस क्षेत्रबाट अहिले सहयोग पायौं आइ सि सि बाट । अधिक संख्या र न्युन ज्यालामा काम गर्ने श्रमिकहरू पिडामा भएको बेला उद्दारमा कुनै कसर राखिएन। सरकारको मुख ताकेर बसिएन। नियमित सार्बजनिक सुचना जारी गरि पिडित समक्ष पुग्ने र सहयोग गर्ने कार्य गरियो।
अबको चरण भनेको रोजगार गुमेकाहरूलाइ रोजगारीको श्रृजना गरि उनिहरूलाइ सामाजिक पुनर्स्थापना गर्नु रहेकोछ। सम्बन्धित सरोकारवालाहरू संग परामर्श जारि छ, स्वदेशमै रोजगार दिलाउनका लागी सरकारसंग बिषेश अनुरोध गर्न चाहन्छु, नेपालका ठुलठुला नदिनालाहरूलाइ पुर्ब पश्चिम मिलाएर स-साना खोला नालालाइ भरिभराउ गर्दै बहुउदेश्यिय सिंचाइ प्रणालिको योजना बनाएर आधुनिक कृषि प्रणालीको बिकासको योजना बनाउन सके कोइ युवा बाध्यताले बिदेशिनु पर्दैन।
एनआरएनएले मजदुरहरुको लागि आगामी दिनमा मध्यपूर्वमा कस्तो भुमिका खेल्ने छ ?
माथी भनिसकिएको छ, आबस्यक्ता अनुसारको जस्तोसुकै सहयोग गर्न गैरआवासीय नेपाली संघ तत्पर र सक्षम छ।
संसारभर रहेका नेपालीको लागि काम गर्ने नियोग नेपाली दूतावासले कोरोना कहरमा मजदुरहरुलाई कत्तिको साथ र सहयोगमा गरेको पाउनु हुन्छ ?
आ-आफ्नो क्षेत्रबाट कोहि पनि चुकेन, कुटनैतिक नियोगहरू पनि दिनरात नभनि आबस्यक्ता अनुसारको सहयोग गरिरहेकाछन ।
एनआरएनए मजदुरहरु संस्था होइन, यो संस्था धनिहरुको हो, खाडीका मजदुरहरु कम्पनी छोडेर नेपाल गए पछि एनआरएनए रहदैन भन्ने कुरा पनि बेला बेलामा उठ्ने गरेको छ । यस बारेमा तपाइको बिचार के छ?
यो एन आर एन ए को ऎक्यबध्ता र प्रगति संग फरक मत राख्नेहरूको संकुचित सोच हुन सक्छ, एन आर एन हरूको सुयुक्त लगानिमा धेरै परियोजनाहरू संचालीत छन, र बृहत लगानिको लागी कार्य अघि बढिरहेको छ, जहाँ भएपनि योगदानको अधारमा आफ्नो पहिचान बनाउन र सधैं एन आर एनको छातामुनि बसेर बृतिबिकास गर्ने अबसर सधैंछं।
अन्त्यमा संसार भरी रहेका एन आर एन ए लाई के भन्न चाहानु हुन्छ?
संसारको जुनसुकै भुगोलमा भएपनि हामि सबै नेपाली हौं, चाहे लामो अबधिका लागी होस या सिमित समयका लागि स्यानिय कानुन अनुसार फरक फरक परिबेशमा रहेर रोजगार/ब्यबसाय गरेको भए पनि हाम्रो सामुहिक अठोट र चाहना सम्बृध्द नेपालको परिकल्पना हो। बिश्वमै प्रकृतिको अनुपम बरदान हाम्रो मुलुक संबृध्द र समुन्नत भए हामि सम्बृध्द नेपाली कहलिएर आफ्नो स्थान सुरक्षित गर्नेछौं। यो कार्य तपाइ हामीको हातमा छ।
मिलेर गए संसार जितिन्छ। यसका साथै विश्वको जुनसुकै स्थानमा भए पनि अहिलेको महामारीलाई बेवास्ता नगर्न सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरुलाई विनम्र अनुरोध गर्न चाहन्छु, फेरी यसको मतलब आतंकित हुन भनेको होईन कि सजग र सतर्क रहन भनेको हुँ । करिब १०/११ महिना बितिसक्दा पनि कोरोना सम्बन्धि कुनै अन्तिम निष्कर्ष आएको छैन, त्यसो त कोरोना बारे कुनै भविष्यवाणी गर्नु यस बेला सम्भब छैन ।
त्यसैले पनि समाजमा चलेको अफावालाई भन्दा पनि स्वास्थ्य विज्ञहरुको निर्देशनमा रही आफ्नो दिनचार्य अगाडी बढाउनुहुन अनुरोध गर्दछु । चाडपर्व त वर्षेनी आउँछ नै त्यसैले पनि यस वर्षको वडा दशैँ तथा अन्य पर्वहरु सुरक्षित रही मनाउनु भन्दै आउंदै गरेको विजया दशमी तथा शुभ दिपावली र छठ पर्वको पावन उपलक्ष्यमा देश विदेशमा रहनु हुने समस्त बुवा,आमा ,दाजु भाई, दिदी बहिनीहरुमा सुख शान्ति, सुस्वास्थ्य, दिर्घायु तथा समृद्धिको हार्दीक मंगलमय शुभकामना ब्यक्त गर्दछु । धन्यवाद !