Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपाली जन - सम्पर्क समितीद्वारा क्यान्सर पीडितलाई एक लाख भन्दा बढी आर्थिक सहयोग

नेपाली जन - सम्पर्क समितीद्वारा क्यान्सर पीडितलाई एक लाख भन्दा बढी आर्थिक सहयोग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १९, २०७७ शुक्रवार • ०९:३९:२० बजे
  • 2.5K
    SHARES
  • नेपाली जन - सम्पर्क समितीद्वारा क्यान्सर पीडितलाई एक लाख भन्दा बढी आर्थिक सहयोग

    मयूरपाटी - नेपाली काङ्ग्रेस निकट नेपाली जन - सम्पर्क समितीद्वारा एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरिएको छ । नेपाली जन-सम्पर्क समिती कुवेतका सभापति राजेन्द्र बिरहीको संयोजकत्वमा विश्वका विभिन्न देशमा अवस्थित नेपाली जन - सम्पर्क समितीले नेपाली एक लाख पन्ध्र हजार रुपैयाँ आर्थिक सहयोग गरिएको छ ।

    images

    नेपाली काँग्रेसका पूर्ब सभापति गिरिजा प्रसाद कोईरालाको ९७ औं जन्म जयन्तीको अवसरमा बिपि कोईराला मेमोरीयल क्यान्सर अस्पतालमा उपचाररत क्यान्सर पीडित सनिचरी बि. क लाई रकम सहयोग गरिएको छ । महानगरपालिका वडा नम्बर २५ निबासी क्यान्सर पिडितलाई गैर आबासिय नेपाली संघका सचिब गौरी जोशीको बिशेष सहयोगमा काँग्रेस चितवनका सचिब उत्तम जोशीले सो रकम पिडित सनिचरी बि. क को परिवारलाई हस्तान्तरण गरिएको छ ।

    घाटिमा क्यान्सर भएका कारण पाँच पटक सम्म केमो चढाएर औषधि गर्न पैसाको समस्या भए पछि राजेन्द्र बिरहिको पहलमा आर्थिक रकम संकलन गरिएको हो । घरको आर्थिक अबस्था कम्जोर भएका कारण उपचार गर्नबाट बन्चित भएको बिक को परिवारले सहयोगीहरु सहयोग प्रति धन्यबाद ज्ञापन गरेको छ ।

    काँग्रेस चितवनका जिल्ला तथा वडा स्तरीय बिभिन्न नेताहरुको उपस्थितिमा गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै परिवारले सहयोग उनको उपचार सम्पन्न भईन्जेल सम्मका लागि आग्रह गरेको छ । सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै काँग्रेस चितवनका सचिब जोशीले आबश्यक सहयोगका लागि काङ्ग्रेस तयार रहेको बताएका छन । नेपाल चिकित्सक संघका वरिष्ठ उपाध्यक्ष एबं क्यान्सर अस्पतालका नाक, कान घाँटी रोग बिशेषज्ञ डा. अनिल बिक्रम कार्कीले अस्पतालबाट हुने सहयोगका लागि सधै आँफुहरु तयार रहेको बताएका छन ।

    विश्वका विभिन्न देशका नेपाली जन - सम्पर्क समिती न्युजिल्यान्ड, अमेरिका, साइप्रस, साउदी, बेल्जियम, हङकङ, आर्यरल्याण्ड, कतार, जापान, कुवेत, मकाउ, ने.ज.स.अमेरिका ल्याड़आइल्याड़ च्याप्टर उपसभापति बिनोद थापा, एनआरएनए का पुर्व अध्यक्ष डा.केशब पौडेल र एनआरएनए का सचिब गौरी जोशी लगायतबाट आर्थिक सहयोग गरिएको हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology