Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भिसा सकिएका ओमन छाड्न चाहने प्रवासी कामदारले कुनै जरिवाना र शुल्क तिर्नु नपर्ने

भिसा सकिएका ओमन छाड्न चाहने प्रवासी कामदारले कुनै जरिवाना र शुल्क तिर्नु नपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७७ मंगलवार • १७:५९:१५ बजे
  • 3.5K
    SHARES
  • भिसा सकिएका ओमन छाड्न चाहने प्रवासी कामदारले कुनै जरिवाना र शुल्क तिर्नु नपर्ने
    ओमान / ओमनमा भिसा सकिएका, आवासीय अनुमति पत्रको म्याद गुज्रिएकाहरुलाई ओमन छाड्न चाहने प्रवासी कामदारले कुनै पनि किसिमको जरिवाना वा शुल्क तिर्नु नपर्ने भएको छ । 

    ओमन सरकारको श्रम मन्त्रालयले विदेशी कामदारले ओमन छाड्न चाहेको अवस्थामा विदेशीलाई काममा लगाउने ओमनका रोजगारदाता तथा प्रवासी कामदारले ओमनमा गैर ओमनी कामदारलाई काममा लगाउन अनुमति दिएवापत लाग्ने सबै किसिमका शुल्क र जरिवानाबाट छुट पाउने घोषणा गरेको दूतावास द्वारा जारी गरिएको सूचनामा उल्लेख छ । 

    मन्त्रालयले अनलाइन जारी गरेको एक वक्तव्यमा ओमन छाड्न चाहने विदेशी जनशक्तिलाई देश छाड्न दिइने र कामदार तथा रोजगारदाताले तिर्नुपर्ने सबै किसिमका शुल्क र जरिवानाबाट छुट पाउने जनाएको छ ।  यो सुविधाको लागि  विदेशी कामदारले १५ नोभेम्बरदेखि डिसेम्बरको अन्त्यसम्ममा ओमन छाड्नुपर्नेछ ।

    नेपाली दूतावास ओमानले आवश्यक पर्ने कागजात बनाउनु परेमा श्रम सहचारी दिनेश ढकाललाई  ७१५९२५०६ मा सम्पर्क गर्न अनुरोध गरेको छ।
    OMAN DU.jpg

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology