Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पत्रकार महासंघ युरोपको दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम भव्य

पत्रकार महासंघ युरोपको दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम भव्य

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७७ आइतवार • १८:४५:०५ बजे
  • 2.1K
    SHARES
  • पत्रकार महासंघ युरोपको दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रम भव्य
    शेरबहादुर परियार,पोल्याण्ड/ नेपाल पत्रकार महासंघ यूरोप शाखाले सदा बर्ष झैं यो बर्ष पनि शुभदिपावलि,म्ह पूजा र छठ पर्वको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ। 

    महासंघको ३५औं श्रृङ्खला स्वरुप यूरोपमा क्रियाशिल पत्रकार तथा सामाजिक अभियान्ताहरुको उपश्थितिमा शुभकामना आदान प्रदान कार्यक्रम भएको थियो। कार्यक्रममा प्रमुख अतिथि  नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष बिपुल पोखरेल  थिए। शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार महासंघका केन्द्रिय सचिव लक्ष्मी पुनले "हामी पत्रकारहरु अहिले कोभिडको कारणले जागिरबाट निकालिएको,बेतलबी विदामा बस्नु परेको,पाउनु पर्ने नियमित तलब नपाएको जस्ता पेशागत असुरक्षा हुँदाहुदै पनि अग्रपंक्तिमा रहि काम गरिरहेका छौं।  विश्व भरि छरिएर रहेका सबै पत्रकारहरुलाई उच्च मनोबलका साथ काम गर्न र सत्यतथ्य,तटस्थ, खबरदारी तथा जवाफदेहिता सहितको पत्रकारिताको लागि लाग्न ,शुभदिपावलि लगायतका सबै पर्वहरुले हौसला प्रदान गरोस्" भन्ने शुभकामना दिइन् ।सचिव पुनले युरोपमा कोभिडको दोस्रो चरण आएको भन्ने छ त्यसैले सबैले सुरक्षाका मापदण्डहरु पुरा गरी चाडपर्वहरु मनाउन समेत आग्रह गरिन्। 

     शुभकामना आदनप्रदान कार्यक्रममा पत्रकार महासंघ केन्द्रीय सदस्य मिरा राजभण्डारी,जापान अध्यक्ष मोहन घले,महासंघ कास्की जिल्ला अध्यक्ष दिपेन्द्र श्रेष्ठ,   पोल्याण्डका लागि नेपाली पर्यटन दूत डाक्टर उदय देव आचार्य, एनआरएनए अभियन्ता तथा आइसिसी सदस्य रामशरण सिम्खडा,जनसम्पर्क समिति,यूरोप महामन्त्री गंगाधर गौतम, प्रवासी नेपाली एकता मञ्च पोल्याण्डका अध्यक्ष टंक कटुवाल,पोर्चुगलका महासचिव हेमराज सुवेदी,प्रेस युनियन युके अध्यक्ष विपीन निरौला, जनजाती महासंघ बेल्जियम अध्यक्ष बाबुराजा लामा,एनआरएनए नेदरल्यान्डस्का संस्थापक अध्यक्ष  शशि पौडेल, अष्ट्रिया अध्यक्ष बिनोद चौंलागाई,बेल्जियम महासचिव तिर्थराज धमला,टर्की महासचिव डाक्टर बिनोद पौडेल,लक्जेम्बर्ग प्रवक्ता बालहरी राई, एनआरएनए मिडिया टास्क फोर्सका संयोजक चिरन शर्मा,पानी अभियान्ता मित्रलाल पार्दे  लगायतले शुभकामना दिएका थिए ।

    मनोरञ्जनात्मक रुपमा देउसीभैलो खेलिएको कार्यक्रम महासंघ युरोप शाखाका अध्यक्ष केजीन राईको अध्यक्षता तथा कार्यवाहक महासचिव दोर्ण रिजाल र सदस्य राजकुमार थापाद्वयको सञ्चालनमा भएको थियो । कार्यक्रममा प्रेम परियार(नर्वे), रबिचन्द्र भट्टराई (अष्ट्रिया), शेरबहादुरपरियार(पोल्याण्ड),कलश खरेल(पोर्चुगल),बाबा राजेश्वरी थापा(अष्ट्रिया),दिनेश गौतम(साइप्रस),दिपक धिताल(जर्मनी), भगवान गिरी(रासस प्रतिनिधि)लगायत विभिन्न देशका पत्रकारहरुको सहभागिता रहेको थियो।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology