Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपाली युवती अंशु गुरुङ बन्निन पहिलो बेलायती सेनामा क्याप्टेन

नेपाली युवती अंशु गुरुङ बन्निन पहिलो बेलायती सेनामा क्याप्टेन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ८, २०७७ सोमवार • ०८:२३:२६ बजे
  • 1.7K
    SHARES
  • नेपाली युवती अंशु गुरुङ बन्निन पहिलो बेलायती सेनामा क्याप्टेन

    गोर्खाहरुले गौरवपूर्ण इतिहास स्थापित गरेको बेलायती सेनाको एक उच्च पदमा नेपाली युवतीले सम्भवतः पहिलोपटक भर्ती हुने सौभाग्य पाएकी छन् ।

    images

    भूतपूर्व गोर्खा सैनिक बाबुकी छोरी २७ वर्षीया दन्त चिकित्सक (डेन्टिस्ट) अंशु बेलायती सेनाको क्याप्टेन पदमा भर्ती भएकी हुन् ।

    बेलायती सेनामा कुनै पनि नेपाली युवतीले हासिल गरेको सम्भवतः यो नै अहिलेसम्मको उच्च दर्जा हो ।

    अंशु कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २२ भुम्दी घर भएका ६ गोर्खा राईफलका ‘कलर सार्जन’ अमर गुरुङ र भुम्दिकोट समाज यूके आमा समुहकी अध्यक्ष सुकु गुरुङकी कान्छी छोरी हुन् । गुरुङ परिवार बेलायतमा फार्नबरोमा बस्दै आएका छन् ।

    उनका आफन्त समेत पर्ने साउथ इष्ट रिजनल तमु धिं उपाध्यक्ष एवम् तमु धिं यूके सल्लाहकार योगेश गुरुङका अनुसार, अंशुले रोयल मिलिटरी एकेडेमी स्यान्डहर्स्टबाट १० हप्ते तालिम पूरा गरेकी छन् ।

    शनिबार मात्रै तालिम पूरा गरेकी उनले क्याप्टेन पदको फुली लगाएकी छन् ।

    गत वर्ष बेलायतको क्वीन म्यारी युनिभर्सिटीबाट दन्त चिकित्सक (डेन्टिस्ट)को अध्ययन पूरा गरेपछि अंशु बेलायती सेना प्रवेश गरेकी थिइन् ।

    ‘एकजना नेपाली चेली बेलायती सेनाको क्याप्टेनजस्तो प्रतिष्ठित जिम्मेवारीमा पुग्नु हामी सबैको लागि ठूलो गौरवको विषय हो’, आफ्नै साथीकी छोरीको सफलतामा उत्साहित योगेशले भने, ‘अंशुले हासिल गरेको उपलब्धि नयाँ पुस्ताका युवाहरुको लागि प्रेरणा बन्नेछ भन्ने विश्वास छ ।’

    अंशुका स्वर्गीय हजुरबुवा रामप्रसाद गुरुङ समेत भारतीय सेनामा कार्यरत थिए । उनले प्रतिष्ठित महावीरचक्र पदक प्राप्त गरेका थिए ।

    बेलायती सेनामा नेपाली युवाहरु भर्ती हुन लागेको दुई सय वर्षभन्दा लामो समय भइसक्यो । गोर्खा रेजिमेन्टमा नेपालबाट युवतीहरु समेत भर्ना गर्ने बेलायतको योजना रहेपनि अहिलेसम्म कार्यान्वयन भइसकेको छैन ।

    पछिल्ला केही वर्षमा बेलायतबाटै फाट्टफुट्ट रुपमा केही नेपाली किशोरीहरु बेलायती सेनामा भर्ती हुने गरेकोमा क्याप्टेन जस्तो उच्च पदमा अंशुको प्रवेशले थप नेपाली युवतीहरुलाई बेलायती सेनातर्फ आकर्षित गर्ने आशा गर्न सकिन्छ ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology