Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

नेपाली लिन जुलाई ८ मा हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै (उडान तालिका सहित)

नेपाली लिन जुलाई ८ मा हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै (उडान तालिका सहित)

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • ११:०२:०३ बजे
  • 2.1K
    SHARES
  • नेपाली लिन जुलाई ८ मा  हिमालय एयरलाइन्स चीनको थेयनचिन जाँदै (उडान तालिका सहित)

    चीनको थेयनचिनमा रहेका नेपालीलाई लिन हिमालय एयरलाइन्सको जहाज जुलाई ८मा त्यसतर्फ जाने भएको छ । कोभिड–१९ का कारण चीनको थेयनचिनमा रहेका नेपालीहरुलाई ल्याउन जुलाई ८मा काठमाडौंबाट जहाज उड्ने भएको हो । र, उक्त जहाजले जुलाई ९ मा थेयनचिनबाट नेपाली लिएर स्वदेश फर्कने छ ।

    images

    हिमालय एयरको एच९–७६०१ को जहाज जुलाई ८मा ११ः५० बजे काठमाडौंबाट उडी जुलाई ९ को बिहान ८ः५०मा थेयनचिन अवतरण गर्ने छ । सोही दिन चीनको ८ः५०मा नेपाली लिएर उडेको जहाज १२ः३० बजे काठमाडौं अवतरण गर्ने हिमालय एयरलाइन्सले जनाएको छ ।

    एयरलाइन्सले थेयनचिन देखि काठमाडौंसम्मको भाडादर भने ६ सय ९९ अमेरिकी डलर तोकेको छ । उक्त उडानमा नेपाल फर्कन चाहनेले टिकटको लागि बिहान १० बजेदेखि ५ बजेसम्म एयरलाइन्सले तोकेको स्थान र व्यक्तिलाई सम्पर्क गर्न सक्नेछन ।

    विश्वभर कोरोना महामारीको रुपमा फैलिएको कोभिड–१९का कारण विभिन्न मुलुकहरुमा अलपत्र नेपाली नागरिकहरुको उद्धार गरी नेपाल ल्याउन नेपाल सरकारको निर्णय र अनुमतिअनुसार हिमालय एयरको उडान संचालन हुँदै आइरहेको छ । हिमालय एयरलाइन्सले यसअघि पनि विभिन्न देशहरुबाट चार्टर्ड उडान गरिरहेको छ । राताेपाटीबाट साभार

    यस्तो छ एयरलाइन्सको उडान तालिका

    2.jpg

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology