Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

३५ देशमा रहेका नेकपा भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले साझा प्रेस विज्ञप्ति जारी गर्‍यो

३५ देशमा रहेका नेकपा भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले साझा प्रेस विज्ञप्ति जारी गर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २०, २०७७ शनिवार • १९:३३:४५ बजे
  • 6.0K
    SHARES
  • ३५ देशमा रहेका नेकपा भातृ संगठन प्रवासी नेपाली एकता मञ्चले साझा प्रेस विज्ञप्ति जारी गर्‍यो

    मयूरपाटी -नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन-पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे शीर्ष नेतृत्वबीच देखिएकाे विवाद र तिक्तताको अवस्थाप्रति विश्वभए रहेका ३५ प्रवासी नेपाली एकता मञ्च हरुको गम्भीर ध्यानाकर्षण गराउदै
    विज्ञप्ति जारी गर्व्को छ । अहिलेको उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन । पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आबस्यक छ। कम्युनिस्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि समस्याहरूलाई हल गर्नु आबस्यक रहेको विज्ञप्तिमा जनाएको छ ।

    images

    विज्ञप्ति जस्ताकोतस्तै :

    अहिले नेकपाभित्र देखिएकाे विवादका सन्दर्भमा संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट प्रेसित साझा प्रेस विज्ञप्ति

    प्रेस विज्ञप्ति मिति: असार २०, २०७७

    नेकपाका आदरणीय कमरेड अध्यक्षद्वय तथा सिंगाे नेकपा परिवार,

    नेपाली जनताको संघर्ष, बलिदान र समयक्रममा गठन-पुनर्गठन झेल्दै नेपाल र जनताको सुन्दर र न्यायपूर्ण भविष्य निर्माणका लागि स्थापित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काे शीर्ष नेतृत्वबीच देखिएकाे विवाद र तिक्तताको अवस्थाप्रति विश्वभरका प्रवासी नेपाली एकता मंचहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

    हाल उत्पन्न परिस्थितिलाई आपसी संवाद र छलफलबाट सुल्झाउनुको विकल्प छैन । पार्टीलाई विधी, विधान, पद्धती र प्रकृयाबाट अघि बढाउनु आबस्यक छ। कम्युनिस्ट आन्दोलनको मर्मलाई आत्मसात गर्दै कार्यकर्ता र नेपाली जनताको चाहना बमोजिम अघि समस्याहरूलाई हल गर्नु आबस्यक छ।

    पार्टीका शीर्ष नेताहरुबीच पार्टी एकिकरणका बेला तथा त्यसपछि विभिन्न समयमा भएका सहमतिलाई आधार मानेर पार्टी एकतालाई थप मज़बूत बनाउँदै सार्थक निष्कर्षमा पुर्‍याउनु अहिलेकाे आबस्यकता हाे। यस बखत तीन करोड नेपाली जनताको भविष्य निर्माणको यात्रा तय गर्दै सिद्धान्त, राजनीति, संगठन र कार्यक्रम केन्द्रीत छलफल गर्न आग्रह गर्दछौं । हामीले भुल्नुहुन्न-सरकार संचालनका लागि जनताले झन्डै दुई तिहाई जनमत दिएका छन् । र, साे जिम्मेवारीको जवाफदेहिता आम नेपाली जनताहरूले चाहेका पनि छन्।

    शिर्ष नेता तथा दोस्रो पुस्ताका पार्टी नेताहरुलाई यस बेला ज़िम्मेवार र संयमित भई नेकपाको एकता कामय राख्नेतर्फ आ-आफ्नो क्षेत्रबाट सकारात्मक सन्देश प्रवाह गर्न पनि हामी हार्दिक अपील गर्दछौं । पार्टी एकताको मर्म र भावनालाई आत्मसात् गर्दै नेतृत्वका कमरेडहरूबाट भए गरेका गल्ती कमजोरीहरूलाई कमिटी प्रणाली मार्फत सच्याउने प्रण गरी सबैले पार्टी निर्णयलाई पालना गर्नु जरुरी छ।

    पार्टी एकताका बाँकी काम तत्काल टुंग्याई पार्टी र सरकार दुवैलाई प्रभावकारी ढंगले संचालन गर्नु पर्दछ। दुई ठुला कम्यूनिस्ट पार्टीबीचको ऐतिहासिक एकतालाई कायम राखी नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने काम पनि बाँकी छ। यस सन्दर्भमा नेपाल र नेपालीको सुन्दर भविष्यका लागि सवै नेताहरुले सुझबुझपूर्ण काम गर्न हामी विनम्र अनरोध गर्दछौं ।

    पार्टी जीवनमा फेरि यस्ता अन्याैल र संकटको अवस्था आउन नदिन "ऐतिहासिक एकता महाधिवेशन"को तयारीमा जुट्नु आबस्यक पनि देखिएकाे छ। अब संपूर्ण पार्टी पंक्तीलाई परिचालित गरी युवा पुस्ताका नेताहरूलाई नेतृत्व हस्तान्तरणको प्रकृया समेत अगाडि बढाउँदै बलियो पार्टी निर्माणको दिशामा एकवद्द भइ अघि बढ्न हार्दिक अनुरोध गर्दछौ ।


    धन्यबाद सहित,

    संपूर्ण प्रवासी नेपाली एकता मंचहरूको तर्फबाट

    १. बेलायत
    अध्यक्ष : राजेन्द्र पुडासैनी
    सचिव : सुरेश गौतम

    २. अमेरिका
    अध्यक्ष : प्रभु थापा
    सचिव : प्रकाश अधिकारी

    ३. बेल्जियम
    अध्यक्ष : जीत लामा
    सचिव : वोधराज पौडेल

    ४. अस्ट्रेलिया
    अध्यक्ष : रमेश पाण्डे
    सचिव : प्रवीण कंडेल

    ५. अष्ट्रिया
    अध्यक्ष : धर्मराज खतिवडा
    सचिव : रविचन्द्र भट्टराई

    ६.मलेशिला
    अध्यक्ष : रमेशप्रसाद तिवारी
    सचिव : दयाराम कुमाल

    ७. आयारल्याण्ड
    अध्यक्ष : सुकमान लामा
    सचिव: चन्द्रकला निरौला

    ८. स्पेन
    अध्यक्ष : हेम शेर्पा
    सचिव : अशोक किरण न्यौपाने

    ९. साउदी अवर
    अध्यक्ष : शिवराज जैसी
    सचिव : राजु खनाल

    १०. इटाली
    अध्यक्ष : धर्मराज पाण्डे
    सचिव : हरीभक्त काराखेती

    ११. चेक
    अध्यक्ष : उत्तम आचार्य
    सचिव : यदुराम पन्थी

    १२. जर्मनी
    अध्यक्ष : चन्द्रकान्त आचार्य
    सचिव : शम्भुप्रसाद पोखरेल

    १३. पोर्चुगत
    अध्यक्ष : गोविन्द पौडेल
    सचिव : डोलराज भण्डारी

    १४.पोल्याण्ड
    अध्यक्ष : टंकबहादुर कटुवाल
    सचिव : विनोदकुमार आचार्य

    १५. फिनल्याण्ड
    अध्यक्ष : कोमल पौडेल
    सचिव : मनोज भुषाल

    १६. फ्रान्स
    अध्यक्ष : भक्त वाग्ले
    सचिव : मनोज पौडेल

    १७. रुस
    अध्यक्ष : डा. मनमूर्ति भुर्तेल
    सचिव : इन्द्रप्रसाद भुषाल

    १८. स्विट्जरल्याण्ड
    अध्यक्ष : अच्युतप्रसाद फूयाल
    सचिव : विक्रम केसी

    १९. साइप्रस
    अध्यक्ष : रमिला राई
    सचिव : केशव ठकुरी

    २०. नर्वे
    अध्यक्ष : विश्वास बजगाई
    सचिव : सन्तोष भण्डारी

    २१. बहराईन
    अध्यक्ष : शालिग्राम पन्त
    सचिव : नारायण विक

    २२. इजरायल
    अध्यक्ष : तिर्थ गौतम
    सचिव :अनिरुद्र जोशी

    २३. कतार
    अध्यक्ष : चानक पोखेरल
    सचिव : मोहन कार्की

    २४. दक्षिण कोरिया
    अध्यक्ष : परशुराम सापकोटा
    सचिव : दिलिप धिताल

    २५. क्यानडा
    अध्यक्ष : रमेश थापा
    सचिव : अशोक खड्का

    २६. डेनमार्क
    अध्यक्ष : उदयराज गौतम
    सचिव : कृष्ण धानुक

    २७.स्वीडेन
    अध्यक्ष : मदन ढकाल
    सचिव : गंगाप्रसाद घिमिरे

    २८. नेदरल्याण्ड्स
    अध्यक्ष : प्रेमकाजी गुरुङ
    सचिव : थानेश्वर गौतम

    २९. कुवेत
    अध्यक्ष : राजकुमार थापा
    सचिव : मनु भुजेल मगर

    ३०. ओमान
    अध्यक्ष : उमेश विक
    सचिव : महेशप्रसाद न्यौपाने

    ३१. न्यूजिल्याण्ड
    अध्यक्ष : आत्माराम खनाल

    ३२. मकाउ
    अध्यक्ष : शीव थापा
    सचिव : मनोज धामी

    ३३. हङकंङ
    अध्यक्ष : जे.वि.ओख्राबु
    सचिव : भक्त गुरुङ

    ३४. जापान
    अध्यक्ष : हवलचन्द्र लामा
    सचिव :सालिकराम भण्डारी

    ३५. भारत
    अध्यक्ष : लोकनाथ भण्डारी
    सचिव : ईश्वरी भण्डारी

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology