Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतीय १० सैनिकलाई चीनले रिहा गर्‍यो

भारतीय १० सैनिकलाई चीनले रिहा गर्‍यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ५, २०७७ शुक्रवार • ०९:१७:०५ बजे
  • 2.4K
    SHARES
  • भारतीय १० सैनिकलाई चीनले रिहा गर्‍यो

    मयूरपाटी - सैन्य झडपका क्रममा चिनियाँ सैनिकको नियन्त्रण गरेका भारतीय १० सैनिकलाई चीनले रिहा गरेको संचारमाध्यमहरूले जनाएका छन्। भारत–चीन सीमाको गल्वान उपत्यकामा झडप हुदाँ चिनियाँ सैनिकले नियन्त्रणमा लिएका थिए।

    images

    उच्च तहमा भएको चरणबद्ध छलफलपछि उनीहरूलाई रिहा गरिएको हो। सोमबार सीमा विवादलाई लिएर दुबै सैनिकबीच झडप हुँदा २० सैनिकले त्यहाँ ज्यान गुमाएका थिए। भारत सरकारले यसबारेमा कुनै प्रतिक्रिया नदिए पनि भारतीय सेनाले भने घटनामा कुनै पनि भारतीय सैनिक बेपत्ता नभएको बताएको छ।

    भारतीय पत्रिका द हिन्दुले दुबै देशका सेनाका मेजर जनरल तहमा भएको कुराकानीपछि उनीहरूलाई रिहा गरिएको जनाएको छ। सोमबार भएको झडपलाई सन् १९६२ मा भएको चीन–भारत युद्धपछिकै ठूलो सैन्य टकराव मानिएको छ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology