Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

शनिबारसम्म २१ देशबाट १८ हजारभन्दा धेरै नेपाली स्वदेश आइपुगे

शनिबारसम्म २१ देशबाट १८ हजारभन्दा धेरै नेपाली स्वदेश आइपुगे

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २१, २०७७ आइतवार • १४:२७:१९ बजे
  • 1.7K
    SHARES
  • शनिबारसम्म २१ देशबाट १८ हजारभन्दा धेरै नेपाली स्वदेश आइपुगे

    कोरोना महामारीका कारण विदेशमा समस्यामा परेका १८ हजार २ सय ९३ जना नेपाली स्वदेश फर्किएका छन् ।

    images

    गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार अहिलेसम्म विभिन्न २१ देशबाट १९ हजार २ सय ९३ जना नेपालीलाई चार्टर्ड जहाजमार्फत स्वदेश ल्याइएको हो ।

    अफगानिस्तान, अस्ट्रेलिया, ओमान, कतार, म्यानमार, कुवेत, जापान, थाइल्याण्ड, दक्षिण कोरिया, बंगलादेश, मलेसिया र माल्दिभ्सबाट त्यहाँ समस्यामा रहेका नेपालीलाई नेपाली र केही विदेशी चार्टर्ड जहाजले स्वदेश ल्याएका हुन् । यस्तै श्रीलंका, यूएई, साउदी अरेबिया सिंगापुर, हङ्गकङ, पाकिस्तान, बहराइन, अमेरिका र बेलायतलगायतका देशमा रहेका नेपालीहरु विभिन्न चार्टर्ड उडानमार्फत स्वदेश फर्किएका छन् ।

    यसैबीच विदेशमा विभिन्न कारणले ज्यान गुमाएका १२५ नेपालीको शव पनि स्वदेश ल्याइएको छ । अझै १०५ शवको व्यवस्थापनको काम बाँकी रहेको छ । १ सय ३२ जना नेपालीहरुको शव भने परिवारको सहमतिमा विदेशमै अन्त्येष्टि गरिएको छ ।

    उज्यालाे अनलाइनबाट साभार 

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology