एजेन्सी । रोजगारीका लागि मलेसिया गएका १ सय ५० जना नेपालीहरु विभिन्न मुद्धामा जेल जीवन बिताई रहेको पाइएको छ ।
क्वालालम्पुस्थित नेपाली दूतावासले गर्ने साप्ताहिक फेसबुक लाइभ कार्यक्रममा बोल्दै दूतावासका द्वितीय सचिव प्रेम पुन थापाले मलेसियामा विभिन्न करणले जेल जीवन बिताई रहेका नेपालीहरुको सङ्ख्या १ सय ५० रहेको जानकारी दिएका हुन ।
गत डिसेम्बर ४ तारिख मात्रै दूतावासले मलेसियाको अध्यागमन विभागसंग समन्वय गर्दै विभिन्न करणले जेल जीवन बिताई रहेका ५० जना नेपालीलाई नेपाल पठाएको सचिव थापाले बताए ।
धेरै नेपालीहरुले मलेसियाको कानून उल्लंघन गरेको र गैरकानूनी हैसियतमा बसेकाहरुले पनि जरिवाना तिर्नुपर्ने उनले बताए ।
मलेसिया पुगेपछि आफ्नो भिसा लागेको कम्पनी छाडेर अन्यत्र जाने, अवैध बसाई, व्यवहारजन्य समस्यालगायतले नेपालीहरु जेल पर्ने गरेका छन् । सोही लाइभ कार्यक्रममा बोल्दै दूतावासका श्रमसहचारी प्रकाश पन्थीले आफू बसेको मुलुकको कानून पालना गर्न नेपालीहरूलाई आग्रह गरे ।