Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

निकै घातक मानिने पार्किन्सन रोगको औषधि गोलभेंडामा फेला पर्यो

निकै घातक मानिने पार्किन्सन रोगको औषधि गोलभेंडामा फेला पर्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २८, २०७७ आइतवार • १०:५३:०१ बजे
  • 2.6K
    SHARES
  • निकै घातक मानिने पार्किन्सन रोगको औषधि  गोलभेंडामा फेला पर्यो

    एजेन्सी । वैज्ञानिकहरले मानव स्वास्थ्यका लागि निकै घातक मानिने पार्किन्सन रोगको औषधि टमाटरमा फेला पारेका छन ।

    images

    बेलायती वैज्ञानिकहरुले अनुवांशिक रुपमा परिमार्जन गरि फलाइएको गोलभेंडामा पार्किन्सन रोगसंग लड्नसक्ने क्षमता प्रदान गर्ने औषधि पत्ता लगाएका हुन ।

    अनुवांशिक परिमार्जित अर्थात जिनेटिकल्ली मोडिफाइड गोलभेंडामा पाइने एल–डीओपिए तत्वले पार्किन्सन रोगसंग लड्न सक्ने क्षमता प्रदान गर्छ ।

    ब्रिटेनको जन इनस सेन्टरका डाक्टरहरुको एक टोलीले यस बारे अध्ययन गरेको हो । अनुशन्धान टोलीका अनुसार एल–डीओपीए तत्व उत्पन्न गराउने एक जीनको सहायताबाट गोलभेंडाको अनुवांशिक परिमार्जन गरिएको थियो ।

    निकै धेरै चरणको प्रयोग र अनुशन्धानबाट टमाटरमा एल–डीओपीए तत्व प्राप्त गर्न वैज्ञानिकहरुलाई सफलता मिलेको थियो ।

    यो अनुशन्धानबाट प्राप्त यो उपलब्धीलाई अझै बृहत बनाउन आवश्यक रहेको शोधकर्ताहरुले बताएका छन ।

    टमाटरमा रहेको एल–डीओपीए तत्वको उत्पादन बढाउनका लागि पनि बृहत रुपमा काम गर्नुपर्ने वैज्ञानिकहरुले बताएका हुन ।

    यसका लागि अनुवांशिक रुपमा परिमार्जित टमाटरको उत्पादनको दायरा बढाउनु पर्ने उनिहरुको सुझाव छ । यसबाट एल–डीओपीए खरिद गर्न उच्च मुल्य चुकाउनुपर्ने अवस्थाको पनि अन्त्य हुनेछ ।

    यस अनुशन्धानको शोधपत्रको लेखिका प्रोफेसर केथी मार्टिनका अनुसार पार्किन्सन रोग विकासशील मुलुकहरुमा तिब्र रुपमा बढ्दै गैरहेका समस्याहरुमध्येको एक हो ।

    जसअनुसार पार्किन्सन पीडित विरामीहरुले कृत्रिम एल–डीओपीए प्राप्त गर्नका दैनिक २ डलरभन्दा बढी पैसा तिर्न कठिन हुन्छ ।

    टमाटरबाट पाइने प्राकृतिक एल–डीओपीए तत्वको उपलब्धता बढाउन सके कृत्रिम रुपमा तयार पारिएको एल–डीओपीएमाथीको निर्भरता अन्त्य हुने र दिनहुँ धेरै पैसा खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने वैज्ञानिकरुहरुको भनाई छ ।

    पार्किन्सन एक प्रकारको मानसिक रोग हो । शुरुवाती चरणमा यसका लक्षणहरु विस्तारै देखिन थाल्छन ।

    तर त्यस्ता लक्षणहरु निकै घातक हुन्छन । पार्किन्सनले मानिसलाई हिंडडुल गर्न गाह्रो बनाउँछ । शरीरमा अनावश्यक कंपन उत्पन्न गराउँछ ।

    मांसपेसीहरु कठोर बनाउँछ । शारीररिक तालमेलमा समस्या उत्पन्न हुन्छ । यस्तो शुरुवात औंला, हात जस्ता साना अंगहरुबाट हुन्छ ।

    यो समस्या पुरै शरीरमा फैलिंदा अवस्था निकै जटिल बन्ने साइन्स डेलीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # मुख्य खबर​
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology