अभद्र ब्यबहार सम्बन्धी मुद्दामा जिल्ला कारगार पर्बतमा थुनामा रहेकै अबस्थामा उच्च रक्तचापको कारण बेहोस भई ढलेका नेपाल कम्युनिष्ट पार्टी (बिप्लब)म्याग्दीका नेता जगेन्द्र पुन (जगत)को आज अपरान्ह पश्चिमान्चल क्षेत्रिय अस्पताल पोखरामा निधन भएको छ।
करिब एक हप्ता देखी अस्पतालको भेन्टिलेटर कक्षमा उपचारार्थ पुनलाई आज अस्पतालले मृत्यु घोषणा गरेको पुनका भाई थमन पुनले बताउनु भएको छ।
यसैबिच प्रहरी प्रशासनले राजनितिक आस्थाकै आधारमा बिरामीको उपचारमा गम्भिर हेलचेक्राई गरिएको,बिरामी भईसके पछीपरिवारलाई समयमा खबर नगरिएको समयमा उपचार गर्नु पर्ने बिरामी भन्ने थाहा पाउॅदै पाउॅदै उपचार गर्नुको सट्टा उल्टो परिवारलाईसमेत भेट्न नदिई सामन्य मानविय समबेदना पनि नदेखाईएको भन्दै परिवारले मृर्तकको शब नबुझ्ने जनाएको छ।परिवारका तर्फ बाटमृर्तक पुनका छोराहरुले आज मानवअधिकारबादी संघ संस्था,पत्रकार महासंघ लगाएतका संघ संस्थाहरुलाई स्वतन्त्र छानबिनका लागी अनुरोध गर्दै निबेदन समेत दिएका छन।
बुवाको मृत्युको कारण रोग मात्र नभएर उहॅालाई त्यो अबस्थामा पुर्याउने म्याग्दी,र पर्बत प्रहरी र सिडियो कार्यालय हुन उनिहरुकै कारण बाबाको ज्यान गएको हो यसको छानबिन नगरी शब बुझ्दैनौ छोरा हिमाल पुनले बताउनु भयो।
यस्तो थियो पुनको मुद्दा र हिरासतका शृंखलाहरु
१:-२०७६ फागुन ९ गते आफ्नै घर बाट सुतिरहेकै अबस्थामा रातको ११ बजे गिराफ्तार अभद्र ब्यबहार सम्बन्धी मुद्दा १५ हजार धरौटीमारिहा गर्न अदलातको आदेश।
२:-त्यसै दिन पुन: झुट्टा पशुपंक्षी सम्बन्धी गौ हत्याको मुद्दा लगाई पुन अदालत परिसरबाटै गिराफ्तर र मुद्दा दर्ता यसमा पनि ५४ हजारधरौटीमा रिहा गर्न जिल्ला अदालतको आदेश ।
३:-५४ हजार धरौटी तिरेर रिहाई हुने क्रममा पुन अर्को अभद्र ब्यबहार सम्बन्धी झुट्टा मुद्दा बनाइ अदालत परिसरबाटै दोस्रो पटकगिराफ्तार जिल्ला प्रशासन कार्यालय म्याग्दी बाट १ लाख १८ हजार धरौटी माग ।
४:-जिल्ला प्रशासन कार्यालय म्याग्दी बाट फैसाल भए अनुसार १ लाख १८ हजार धरौटी तिर्ने रकम नभए पछी पुनको नाममा भएको जग्गा रोक्का राखी रिहा हुदै गर्दा पुन प्रशासनको गेट बाट अर्को झु्ट्टा मुद्दा बनाई गिराफ्तार गरी जिल्ला प्रहरी कार्यालय पर्बत स्थानान्तरण र अभद्र ब्यबहार सम्बन्धी मुद्दा दर्ता
५:-यस मुद्दामा पनि जिल्ला अदालत पर्बतले रु ५० हजार धरौटी माग धरौटी तिर्न नसके पछी जिल्ला कारागार पर्बत चलान।
६:-कारागारमा रहेकै अबस्थामा २०७७/०८/२४ दिनको १२ बजे एक्कासी बेहोस,तत्काल उपचार पाउनु पर्ने बिरामीलाई ब्यबारिसे हालतमा लामो समय पछी अस्पताल पुराएर उपचारको नाटक करिब १हप्ता आईसियु कक्षमा उपचार पश्चात आज २०७७/०८/२९ गते दिउॅसो निधन।
लामो समय कम्युनिष्ट आन्दोलनमा आफ्नो समय दिएका पुन १० बर्षै जनयुद्दमा भौतिकरुपमा सहभागी हुंदै पछिल्लो पटक बिप्लवले नेतृत्व गरेको नेकपा को जिल्ला जनसरकार प्रमुखको जिम्मेवारीमा हुनुहुन्थ्यो।पुनको उपचारका लागी स्वत स्फु्र्तरुपमा युवाहरुले आर्थीक अभियान संचालन गरेर सहयोग समेत संकलन गर्दै थिए ।