Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु

कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु

आश बहादुर गुरुङ्ग

आश बहादुर गुरुङ्ग

मंसिर ३०, २०७७ मंगलवार • १०:२२:०२ बजे
  • 2.3K
    SHARES
  • कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु
    कोरोना संक्रमणबाट मलेसियामा एक नेपाली कामदारको मृत्यु भएको छ ।

    मलेसियाको स्ट्राइक फोर्स सेक्युरिटी कम्पनीमा कार्यरत रामेछापका लक्ष्मण सुनुवारको मृत्यु भएको हो ।

    अढाई बर्षदेखि सोही कम्पनीमा काम गर्दै आएका सुनार कोरोना पोजेटिभ देखिएपछि उपचारको लागि त्यहाँको  सुङ्गाइबुलो अस्पताल भर्ना भएका र उपचारको क्रममा उनको  मृत्यु भएको ताप्लेजुङ पाथिभरा मञ्च मलेसियाको अध्यक्ष भुपेन्द्र माबो लिम्बुले जानकारी दिए ।

    उनको दाहसंस्कार मलेसियामै गर्न परिवारबाट स्वीकृति प्राप्त भैसकेकाले रोजगारदाता कम्पनी र नेपाली दूतावाससंग समन्वय गरेर चाडै अन्त्यष्टि गरिने अध्यक्ष लिम्बुले बताए ।

    आश बहादुर गुरुङ्ग

    आश बहादुर गुरुङ्ग मयूरपाटी डिजिटल पत्रिकाकाे सह-सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology