Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

ब्रिटेनमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले यात्रामाथि प्रतिबन्ध घोषणा

ब्रिटेनमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले यात्रामाथि प्रतिबन्ध घोषणा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष ६, २०७७ सोमवार • ११:०९:४५ बजे
  • 1.7K
    SHARES
  • ब्रिटेनमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले यात्रामाथि प्रतिबन्ध घोषणा

    एजेन्सी । ब्रिटेनमा कोरोनाभाइरसको नयाँ प्रकार देखिएपछि थुप्रै देशहरूले त्यहाँको यात्रामाथि प्रतिबन्धको घोषणा गर्न शुरु गरेका छन्।

    images

    नयाँ प्रकारको भाइरस झन् सङ्क्रामक र नियन्त्रणबाहिर गएकोे खवर सार्वजनिक भएपछि प्रतिबन्धको घाषणा आएको हो ।

    आयरल्यान्ड, जर्मनी, फ्रान्स, इटली, नेदरल्यान्ड्स र बेल्जियमले ब्रिटेनबाट बाट हुने उडानहरूमाथि रोक लगाएका छन्।

    यसबाट फ्रान्सको रेल सेवा पनि प्रभावित भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोरोनाभाइरसको नयाँ प्रकारलाई लिएर ब्रिटेनका अधिकारीहरूसँग नजिकको सम्पर्कमा रहेको जनाएको छ।

    हालै भेटिएको नयाँ प्रकारको भाइरस यसअघिको भन्दा तीव्र गतिमा फैलिए पनि धेरै घातक नभएको समाचार छ ।

    यूकेका प्रधानमन्त्री बोरिस जोनसनले नयाँ प्रकारको भाइरस पुरानोभन्दा ७० प्रतिशतसम्म बढी सर्ने खालको रहेको बताएका छन्।

    इङ्ग्ल्यान्डका प्रमुख मेडिकल अफिसर प्राध्यापक क्रीस ह्विटीले विकासक्रमले स्थिति झन् खराब बनाउने बताएका छन्।

    यद्यपि कोरोनाभाइरसविरुद्ध खोप दिन थालिएकोले उनले आशावादी कुरा गरे। ब्रिटेनमा बाहेक कोरोनाभाइरसको यस किसिमको म्यूटेशन अर्थात्‌ उत्परिवर्तन नेदरल्यान्ड्स, डेनमार्क र अस्ट्रेलियामा पनि देखिएको डब्ल्यूएचओले जनाएको छ।

    कोरोनाभाइरसको नयाँ प्रकारले अहिले बनेका खोपप्रति फरक प्रतिक्रिया देखाएको कुनै प्रमाण भने फेला परेको छैन।

    तीव्र गतिमा देखिएको भाइरस फैलिने क्रमलाई रोक्ने प्रयासमा अहिले ब्रिटेनमा लन्डनसहित दक्षिण–पूर्वी इङ्ग्ल्यान्डको ठूलो हिस्सामा कडा प्रतिबन्ध लगाइएको छ ।

    यसै महिनाको शुरूतिर केही नमुनाहरू परीक्षण गर्दा यूकेमा जस्तै कोरोनाभाइरसको एउटा नयाँ प्रकार देखिएपछि डच सरकारले पनि विशेष सावधानी अपनाएको छ ।

    बिंटेनबाट आउने मानिसहरूबाट नयाँ प्रकारको भाइरस फैलिने जोखिम बढ्न नदिन युरोपेली सङ्घका सदस्य राष्ट्रहरूसँग मिलेर आउँदा दिनहरूमा विभिन्न उपायहरू पहिल्याउने पनि डच सरकारले बताएको छ।

    जसअनुसार नयाँ रणनीति तय गर्न आज युरोपेली सङ्घका राजदूतहरूले आपत्‌कालीन बैठक बस्न लागेको बिबिसीले जनाएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology