माडी / बैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल केन्द्रीय सदस्य राजेश्वरी सुबेदीको नेतृत्वमा ८ जना युवाहरूले माडी ९ कुसुमखोला चेपाङ बस्ति र प्याउलीमा कपडा बितरण गरेका छन ।

गरिबीका कारण चिसोमा न्यानो कपडा किन्न नसकेका परिवारलाई न्यानो कपडा बितरण गरिएको थियो । जाडोमा कठयांग्रिएका कुसुमखोला चेपाङ बस्ति र प्याउलीमा बुढी आमाहरूलाई ज्याकेट,बाहरूलाई हाईनेक सुरवाल बच्चाहरूलाई ,टोपी देखि न्यानो कपडाको सेट दिएको युवाहरूलाई जाडोको कपडा उपलब्ध गराएको दिपक चैतन्यले जानकारी दिए ।
राष्ट्रीय निकुन्ज भित्र रहेको चेपाङ बस्तिमा नेपाल सरकार, निकुञ्ज प्रशासनले बन मन्त्री शक्ती बस्नेतको आदेशमा बस्तिमा हात्ती लगाएर घरहरू भत्काएर आगो लगाईएको थियो । बगही बसपार्क बाट चेपाङ बस्ति हिडेर जान करिब २ घन्टा लाग्छ ।