Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्ध खोप

गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्ध खोप

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

पौष १२, २०७७ आइतवार • १६:३८:१८ बजे
  • 1.8K
    SHARES
  • गैरआवासीय नेपालीले लगाए कोरोनाविरुद्ध खोप
    गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०ले जनाएको छ ।

    बेलायत, कतार, क्यानाडा, साउदी अरब, बहराइनमा रहेका गैरआवासीय नेपालीले कोरोनाविरुद्धको खोप लगाउन थालेका सङ्घले जनाएको छ । विश्वका विभिन्न मुलुकले कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई आपत्कालीन अवस्थामा खोप दिन थालिसकेका छन् ।


    विदेशमा कोरोना सङ्क्रमणमा परेका नेपालीमध्ये ९४।५ प्रतिशत कोरोनामुक्त भएका छन् । सङ्घका अनुसार शनिबार साँझसम्म विदेशमा ५२ हजार ८७२ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । तीमध्ये ४९ हजार ८९२ जना कोरोनामुक्त भएको सङ्घअन्तर्गतको स्वास्थ्य समितिले जनाएको छ ।

    समितिका अनुसार गत साता नाइजेरिया, इजिप्स, साउदी अबर, कुवेतमा रहेका नेपालीमा सङ्क्रमण पाइएको छ । हालसम्म विभिन्न २१ देशमा ३१२ नेपालीको कोरोना सङ्क्रमणका कारण ज्यान गएको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाले जानकारी दिनुभयो ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology